ईनास युरोपको कार्यक्रममा सहभागी हुन चाहने कलाकारलाई सम्पर्क गर्न ईनास स्विटजरल्याण्डको आव्हान


१८ जनवरी, आगामी  ३० र ३१ मार्च का दिन बेल्जियममा आयोजना हुन लागेको युरोपस्तरीय सातौं एकल नृत्य तथा चौथों एकल गायन प्रतियोगिता भाग लिन इच्छुक नव प्रतिभा कलाकारले अन्तराष्ट्रिय नेपाली कलाकार समाज, स्विटजरल्याण्डमा सम्पर्क गर्न आव्हान गरेको छ।
ईनास युरोपले हरेक बर्ष आयोजना गर्ने युरोपस्तरीय एकल नृत्य तथा गायन प्रतियोगितामा नेपाली भाषी कलाकारले भाग लिन सक्ने छन् भने  प्रतियोगितामा भाग लिने कलाकारको उमेर कम्तिमा १३ वा सो सरह हुनुपर्नेछ।

त्यसैगरी प्रतियोगितामा प्रतियोगीले अनिवार्य रुपमा नेपाली भाषाको गीत गाउनुपर्ने र नृत्य तर्फ पनि नेपाली गीतनै हुनुपर्नेछ। ईनासले प्रतियोगितामा भाग लिने प्रतियोगीलाई ३० र ३१ मार्च गरि दुई दिन खाने र बस्ने समेत व्यवस्था गर्नेछ।
यसपटक हुने ईनास युरोपको सातौँ नृत्य तथा चौथों गायन प्रतियोगितामा प्रथम हुने कलाकारलाई इनास युरोप महादेशको लागि एक बर्ष कायर्काल रहने गरि  इनासको अवैतिनक मानार्थ सदभावना दूत नियुक्त गरिनुका साथै ‘इनास युरोप नेपाली डान्सिङ्ग / सिङ्गिङ्ग स्टार २०१९ को उपाधि सहित नगद ७०१ युरो, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१९ र ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१९ ‘ को बिशेष उपाधि सहित क्रमश: ७०१ युरो , ५०१ युरो र ३०१ युरो नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै  मायाको चिनो, स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ ।

ईनास युरोपले आगामी ३१ मार्चका दिन बेल्जियममा हुन लागेको कार्यक्रममा सहभागिताको लागि आवेदन बुझाउने अन्तिम मिति फेब्रुअरी ११ तोकेको हुदाँ स्विटजरल्याण्डमा भएका नव प्रतिभा कलाकारहरुलाई यथासक्य छिटो तल उल्लेखित व्यक्तिहरुलाई सम्पर्क गरि थप जानकारी लिन अनुरोध गरिन्छ। 

सम्पर्क व्यक्तिहरु : जीवन भट्टराई ( 78 874 85 86), सुभास सुन्दास (788558399)