‘अ प्लेस इन माइ हर्ट’ मञ्चन शुरु (फाेटाे फिचर)


राजाराम पौडेल, पोखरा – पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन शुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन शुरु भएको नाटकका निर्देशक अमेरिकन थिएटर आर्टिष्ट रिर्चाड क्लोरीमोन्ट हुन् । कथा पनि उनलेनै लेखेको नाटकमा उनले आफुले देखेको तथा बुझेको पोखराको बारेमा नाटक मार्फत बाहिर ल्याउने कोशिष गरेका छन् । माइम फर्मेटको यो नाटकलाई उत्कृष्ट बनाउन कलाकारले गरेको मेहनत तारिफ योग्य छ । नाटक मार्फत पोखराको प्रचार प्रसार गर्ने माध्यम कविता, तस्विर भन्दा पनि नाटकनै हुन सक्छ भन्ने देखाइएको छ । माछापुच्छ«े हिमाल, मनास्लु हिमाल, फेवाताल, लेकसाइड लगायतका प्रसंगले पोखरा झझल्को दिलाउँछ । यती पात्रको माध्यमबाट हिमाल र शहरको बसोबास तथा रहनसहनको फरकपनालाई समेत प्रष्ट्याउने प्रयास गरिएको छ । शहरमा हुने केहि गतिविधिलाई नाटकमा रमाइलो तरिकाले प्रस्तुत गर्दा दर्शकलाई मनोरञ्जन मिल्छ ।


नाटकमा बबिता मल्ल ठकुरी, देव बस्नेत, धिरेन्द्र पुन, धुर्व रोका, निश्चल विमल, रेवन राई, सुर्य सुवेदी, योजना पहारीको अभिनय हेर्न पाइन्छ । दश हप्ताको रिर्हसल पश्चात नाटक तयार भएको हो । पोखरा थिएटरको प्रस्तुतीमा तयार भएको एक घण्टा अवधिको नाटक मंसिर ८ गतेसम्म नियमित मञ्चन हुनेछ ।


विद्यार्थी तथा पर्यटकलाई लक्षित गरि यो नाटक मञ्चन गराइएको पोखरा थिएटरले जनाएको छ । नाटक मार्फत निर्देशकले पोखरा प्रतिको माया प्रस्तुत गरेका छन् । नेपाली र अग्रेजी भाषाको मिश्रण रहेको नाटकमा गीतको समेत प्रयोग गरिएको छ ।


पोखरामा गन्र्धव नाटकघर सञ्चालनमा आएपछि यहाँ नियमित रुपमा नाटक मञ्चन हुन थालेको छ । गन्र्धव नाटकघरमा मञ्चन हुने यो २१ औँ नाटक हो । नाटक हेर्न १ सय, २ सय, ३ सय र ५ सयको टिकट काट्नुपर्नेछ । नाटक हरेक साँझ ५ बजे नियमित सो र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मार्फत मञ्चन हुने थिएटर सञ्चालक दिल प्रसाद गुरुङले जनाए ।

तस्विर : राजाराम पाैडेल