प्रणय गजलका बादशाह ‘प्रकट’ धरानमा गुञ्जदै 


राजाराम पौडेल,पोखरा – प्रणय गजलका बादशाहको रुपमा परिचित पोखरेली गजलकार प्रकट पंगेनी ‘शिव’ले धरानमा आफ्नो प्रस्तुती राख्दैछन् । यहि आश्विन २७ गते शनिबार गोर्खा डिपार्टमेन्टको हल धरानमा हुने कार्यक्रममा उनले आफ्ना दूई दर्जन बढी प्रणय गजल सुनाउदै माहोल गर्माउनेछन् । दिउँसो साढे ४ बजेबाट हुने यो कार्यक्रम पत्रकार तथा युवाकवि प्रविण राईको सहयोगार्थ हुदैछ । धरानमा प्रकटका प्रणय गजलहरु नाम दिएर आयोजना गर्न लागिएको यो कार्यक्रम मार्फत गजलप्रेमीलाई नौलोपना महशुस गराउने प्रकटको तयारी छ । कार्यक्रमको आयोजना साहित्य कला संस्कृती प्रतिष्ठान धरानले गर्न लागेको हो ।

प्रणय गजलको एउटा हाँगो भएको उनी बताउँछन् । ‘एउटा हाँगो समाएपछि बाटो फेर्नुपर्छ भन्ने छैन, प्रणयमानै अगाडी बढ्छु’ उनले भने । उनले प्रस्तुती राख्दा अवस्था र दर्शकको फिड व्याक अनुसारका गजल सुनाउने गर्छन् । प्रणय गजल सुन्ने दुईथरी दर्शक हुने गरेको उनको अनुभव छ । एउटा उत्तेजनात्मक, अर्को सभ्य खालको । यसमा ठाउँ हेरेर उनले माहोल तताँउछन् ।

प्रकट गजलकार मात्र हैनन् । गीतकार, रंगकर्मी, कवि समेत हुन् । हालसम्म उनका ४० भन्दा बढी गीत रेर्कड भइसकेका छन् । पिडाका, दुखःका, राष्ट्रप्रेमका चारसयको हाराहारीमा गजल लेखे पनि उनका प्रणय गजल रुचाइए । प्रणय गजलले उनलाई देशैभर चिनाउन मद्दत ग¥यो । विस्तारै उनको माग विभिन्न ठाउँबाट आउन थाल्यो ।

यसअघि उनका सिन्धुपाल्चोक, बेसीशहर, नेपालगञ्ज, धनकुटा, कावासोती, चितवन लगायतका ठाउँमा गरी १४ ठाउँमा प्रणय गजल कार्यक्रम आयोजना भइसकेका छन् ।

उनका हालसम्म तीन  कृति प्रकाशित छन् । जुनको चिठि जुनालाई २०६०, यो मन कतै अल्झिएको छ २०६४, प्रणय वेदका रिचाहरु २०६६ उनका प्रकाशित कृति हुन् ।

३०० भन्दा बढी आँशु पिडा रोधनका गजल लेखेपनि झण्डै ९० वटाको हाराहारीका  प्रणय गजलले उनलाई स्थापित गरायो  । उनका प्रणय गजलले युवा पुस्ताको ध्यान बढी आर्कषित गर्दछ ।