एनआरएनए स्पेनको नियमित बैठकका निर्णयहरु :-


मिती २३ सेक्टेम्बर २०१८ आईतबारको दिन यस गैर आवासिय नेपाली संघ रास्ट्रीय समन्वय परिषद स्पेनका अध्यक्ष श्री चिन्तामणी सापकोटा ज्युको अध्यक्षतामा बसेको नियमित बैठकले गरेका निर्णयहरु ।

१)नेपालको गोरखा बारपाक स्थाइ घर भई बिगत लामो समयदेखी स्पेनको बिल्बाओमा बस्दै आउनुभएका श्री तुलाराम घले तथा श्रीमती बिस्णुमाया घलेका एक मात्र सुपुत्र साजन घलेको यही मिती ७ सेप्टेम्बर २०१८ का दिन १४ बर्सको कलीलो र कलकलाउँदो उमेरमै भएको अकल्पनिय, अप्रत्यसित तथा असामयिक निधनले सम्पुर्ण स्पेनबासी नेपालीहरुलाई अत्यन्त मर्माहित र स्तब्ध तुल्याएको छ । मृतक बालक साजन घलेको आत्माको चीरशान्तिको कामना गर्दै एन आर एन ए स्पेन तथा समस्त स्पेनबासी नेपालिहरुको तर्फबाट हार्दिक श्रद्धांजली अर्पण गर्दछौँ साथै यस दुःखद घडिमा सबै शोकसन्तप्त परीवारजनलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान भनि गहिरो समबेदना ब्यक्त गर्दछौँ ।साथै सो घटनापस्चात गैर आवासिय नेपाली संघ स्पेनलाई लक्षित गर्दै केहि ब्यक्तिहरुबाट सामाजिक संजाल तथा मिडियाहरुमा कपोल्कल्पित तथा भ्रमात्मक समाचार संप्रेसण हुन आएकोले यस्ता समाचारमा कुनै सत्यता नभएको र यस्ता भ्रामक समाचारप्रती गैर आवासिय नेपाली संघ स्पेन घोर भत्सना गर्दछ ।

२) गैर आवासिय नेपाली संघ स्पेनको बिधान संसोधन समितिले बिधान संसोधनको लागी प्रास्ताव गरेका बिबिध बिसयहरुमा छलफल गरियो र छलफल भएका बुदाहरु आगामी बार्सिक साधारणसभामा प्रस्तुत गरी पारित गर्ने निर्णय गरियो ।
३)गैर आवासिय नेपाली संघ रास्ट्रीय समन्वय परिषद स्पेनको बार्सिक साधारणसभा आइसिसी अध्यक्ष श्री भवन भट्टज्युको समेत उपस्थितिमा सेप्टेम्बर पहिलो हप्तसम्मा गरिसक्ने भन्ने निर्णय भएको तर बिभिन्न प्राबिधिक कारणले गर्दा गर्न नसकिएको हुँदा सो साधारणसभा यही अक्टुबर ७ आइतबारको दिन आयोजना गर्ने निर्णय गरियो ।

४)गैर आवासिय नेपाली संघ स्पेनको गत जुलाई १० मा सम्पन्न बैठकबाट कार्यसमिती सदस्य श्री गंगाप्रासाद भुसालको संयोजकत्वमा गठन भएको सुशी तालिम उपसमिती ले २ महिने सुशी तालिम सफलतापुर्वक सम्पन्न गरेको र सो तालिममा १७ जना लाभान्वित हुनुका साथै तालिमले रोजगारिका अवसर प्राप्त गर्ने मार्गप्रसस्त गरेकोले यस सर्हानिय कार्यप्रती एन एर एन ए स्पेनको तर्फबाट कार्यक्रम संयोजक श्री गंगाप्रसाद भुसाल तथा तालिम प्रसिक्षक श्री बिशाल ढुंगाना र कृष्णहरि कंडेललाई धेरै-धेरै हार्दिक धन्द्यवाद ब्यक्त गर्दछौ । त्यसैगरी जन सम्पर्क समिती स्पेनले आयोजना गरेको बिपिकप खुल्ला भलिबल प्रतियोगिता २०१८ मा गैर आवासिय नेपाली संघ स्पेनको तर्फबाट सहभागागिता जनाएकोमा खेलकूद संयोजक श्री दिनेश गिरी ज्यु लगायत भाग लिने खेलाडीहरु क्रमस : सुनिल रामाभाट, सुन्दर रानाभाट, निरज कार्कि, खेमकुमार भण्डारि, इश्वर ठकुरि, सुनिल घिमिरे, बिजय थापा मगर, बिवस पहारि, गोबिन्द तिमील्सिना र राजेन्द्र तिमील्सिनालाई धेरै धेरै हार्दिक धन्द्यवाद ब्यक्त गर्दछौ ।
५)गैर आवासिय नेपाली संघ रास्ट्रीय समन्वय परिषद स्पेनले हरेक बर्ष आयोजना गर्ने गरेको दशैतिहार बिशेस सास्कृतिक कार्यक्रम २०१८ सम्पन्न गर्नको लागी यस संस्थाका उपाध्यक्षश् री पेशलकुमार कोइरालाको संयोजकत्वमा निम्नासारको समिती गठन गरियो ।
कार्यक्रम संयोजक : पेशलकुमार कोइराला
सदस्यहरु: लोकबन्दु बस्नेत, दिनेश गिरि, गंगाप्रासाद भुसाल,
बिशाल ढुंगाना

६) गैर आवासिय नेपाली संघ स्पेनको बर्तमान कार्यसमितिको मनोनित गर्न बाकी रहेको रिक्त एक सदस्य पदमा श्री शालिकराम डुम्रेलाई मनोनित गरियो साथै संरक्षक तथा सल्लाहाकार हरुमा निम्न ब्यक्तीहरुलाई मनोनित गरियो ।
संरक्षक : श्री अनिल गुरुङ
सल्लाहाकारहरु:
१) श्री उमेशप्रसाद अधिकारी
२) श्री बिश्णु रिजाल
३) श्री राजुसंसेर थापा
४) श्री कृष्णहरी कंडेल
५) श्री सन्तोश श्रेष्ठ
६) श्री दिलनाथ भण्डारी

प्रवक्ता
हिरालाल सापकोटा ( डाइमन्ड )
गैर आवासीय नेपाली संघ स्पेन