एनआरएनए स्पेनको नियमित बैठकका निर्णयहरु


मिती २१ जुलाई २०१८ शनिबारका दिन यस गैर आवासिय नेपाली संघ (NRNA) स्पेनका श्री चिन्तामणी सापकोटा ज्युको अध्यक्षतामा बसेको नियमित बैठकले गरेका निर्णयहरु ।

१)यही जुलाई २९ र ३० मा गैर आवासिय नेपाली संघ युरोप क्षेत्रीय भेला लग्जम्बर्गमा सम्पन्न हुन गैरहेको अवस्थामा गैर आवासिय नेपाली संघ स्पेनको तर्फबाट ५०० युरो सहयोग गर्ने र कार्यक्रम सफल पार्न समयअनुकुल मिल्ने साथिहरु भौतिक रुपमा सहभागी हुने निर्णय गरियो ।

२)गैर आवासिय नेपाली संघ स्पेनको बार्सिक साधारण सभा मा अन्तरअस्ट्रीय समान्वय समितिका अध्यक्ष श्री भवन भट्ट ज्युको उपस्थितिमा सम्पन्न गर्ने प्रस्ताव बैठकमा आएको हनाले उहाँको समय अनुकुल परापर्स गरी मिती तय गर्ने यदी उहाको समय नमिल्ने भएमा आगामी सेप्टेमबर पहिलो हप्ता सम्ममा बार्सिक साधारणसभा सम्पन्न गर्ने निर्णय गरियो ।

३)गैर आवासिय नेपाली संघ स्पेनको जुन १० तारिकको बैठकबाट सवारी चालक अनुमती पत्रको लागी तालिम संचालन गर्ने निर्णय भैसकेको र सोही निर्णयसंग हुबहु मेल खाने कार्यक्रम कास्की समाज स्पेनले जुलाई १२ मा निर्णय गरी कार्यक्रम संचालन गर्न एन आर एन स्पेनको कार्यालय माग गरेको तर एन आर एन ए स्पेनले आफै सवारी चालक अनुमती पत्रको लागी तालिम यही जुलाई २३ तारिकबाट बिहान ८ बजेदेखी ९:३० बजेसम संचालन गर्ने गरी निर्णय भैसकेको हुनाले कास्की समाजलाई सोही समयमा हल उपलब्ध गराउन असमर्थ भएको कुरा उहाँहरुलाई पत्र द्वारा जानकारी गराउने साथै कार्यालयमा संचालित अन्य कार्यक्रमहरुसंग नजुद्ने गरी उहाँहरुलाई अनुकुल मिल्ने भएमा संचालन गर्न सक्ने जानकारी गराउने निर्णय गरियो ।

४)स्पेनको बिभिन्न ठाँउमा बसोबास गर्ने सम्पुर्ण नेपालिहरुको तथ्यंक संकलन गरी दुताबासलाई जानकारी गराउने र नेपाली दुताबास म्याड्रीडबाट स्पेनका बिभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको पासपोर्ट बनाउन निबेदन दिने र बनिसकेको पसपोर्ट बुझ्ने संबन्धमा स्वं अनिवार्य उपस्थित हुनुपर्ने भन्ने दुताबासको नियम ले अफ्ठ्यारो पर्ने अवस्थाअ आएकोले सो संबन्धमा संभव हुनेसम्मको सहजता गरिदिनुहुन गैर आवासिय नेपाली स्पेन मार्फत दुताबासमा पत्राचार गरी अनुरोध गर्ने निर्णय गरियो ।

५)एन आर एन ए स्पेनको कार्यालयको यही अक्टोबर २०१८ मा Conrtact सकिने भएकोले समय अवधिभित्र Rinew गर्ने निर्णय गरियो ।

६)गैर आवासिय नेपाली संघ स्पेनका साथिहरु लगाएत अन्य नेपाली साथिहरुबाट रकम संकलन भएकोले उक्त सहयोग रकम नेपाली रु १,००००० (एकलाख) आदर्स नारी केन्द्र भरतपुरलाई पठाउने निर्णय गरियो ।

७)मुगूको रारा टिमका फुटबल खेलाडी बहिनिहरुको लागी संकलन भएको ५३५ युरो रकम नेपाल पठाइ खेलाडिहरुलाई बहिनिहरुलाई समान हिसाबले बितरण गर्ने निर्णय गरियो ।
प्रवक्ता
हिरालाल सापकोटा ( डाइमन्ड )
गैर आवासीय नेपाली संघ स्पेन