अनेरास्ववियु कास्कीद्धारा कापि कलम वितरण


पोखरा – अनेरास्ववियु कास्कीले सन्चालन गर्दै आएको भर्ना अभियान तथा कापी कलमको तेस्रो अभियान धर्मस्थली आधारभुत विद्यालयमा कापि कलम वितरण गरेको छ । कार्यक्रममा प्रदेश ४ का सभासद राजिव पहारीले धर्मस्थली आधारभुत व्द्यिालयका आर्थिक अवस्था कमजोर भएका ३० जना बालबालिकालार्इ शैक्षिक सामाग्री बितरण गरे ।

कार्यक्रममा पहारीले अभियानले सबैकोलागि शिक्षाको अभिप्राय पूरा गर्न लागि परेको बताए । कार्यक्रममा बिबेक देवकोटाले सामुदायिक विद्यालयको सुधारको लागि विद्यार्थी संगठनको पहल विद्यार्थी सम्म उद्धेश्यले सन्चालित अभियान सामाजिक जागरणमा अगाडि रहेको बताए ।

कार्यक्रममा अभियानका संयोजक लक्ष्मण तिमिल्सिनाले अभियान सामाजिक सन्जालमा छाउन मात्र नभै वास्तविक विद्यार्थीको समस्या समाधानको लागि बिगत तीन वर्ष देखि सञ्चालन गर्दै आएको बताए । कार्यक्रमको लागि सामाग्री ब्यवस्थापन भने जन सास्कृतिक महांसघ प्रदेश ४ का सल्लाहकार अर्जुन ढकालले गरेका थिए । अनेरास्ववियु कास्कीले तीन वर्ष देखि अभियान सञ्चालन गर्दै आएको र अन्य विद्यालयमा सञ्चालन गर्ने अभियानका सचिव बिबेक त्रिपाठिले जानकारी दिए ।