बार्सिलोनाको मन्जुइक पार्कमा तिजको दर खुवाईने


बसन्त रानाभाट

बार्सिलोना-

हरितालिका तिजको अवसरमा दिदीबहिनीहरुले यसपाली मन्जुइक पार्कमा दर खाने भएका छन् । प्रबासी नेपाली मन्च स्पेनले तिजको अबसरमा अगस्ट २७ तारिक बुधबार बार्सिलोनामा दर खुवाउने भएको हो ।

हरेक बर्ष तिजको बेला आयोजना गर्दै आएको मन्चले,यस पाली भने कार्यक्रम निशुल्क राख्ने निर्णय गर्दै हलको अभाबले गर्दा मन्जुइक पार्कमा दर खुवाउने लागेको हो ।
मन्चको बिहिबार बसेको नियमित बैठकले कार्यक्रम सफल पार्न महासचिब दिनेश गुरुङ्को संयोजकत्वमा मूल आयोजक समितिका साथै बिभिन्न उप-समितीहरु समेत गठन गरेको छ।

जस अन्तर्गत आर्थिक उपसमितिमा दिपक खरेल, खानपिन ब्यबस्थापनमा हेमन्त रानाभाट, मन्च ब्यबस्थापनमा लक्ष्मण शर्मा र चिठ्ठा ब्यबस्थापनको लागी राम प्रसाद कडेललाई संयोजकको जिम्मेबारी दिएको छ ।

बैठकले हरेक बर्ष प्रकासित गर्दै आएको स्पेन सन्देशलाई पूर्ण तयारी गर्दै अभिलम्ब प्रकाशन गर्ने निर्णय समेत गरेको छ ।

मन्चका अध्यक्ष मुक्त्त बहादुर गुरुङको अध्यक्षतामा बार्सिलोनामा सम्पन्न बैठकले नबौ महाधिबेशमा सहभागी जनाई बार्सिलोना फर्किएका सस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिनाले गरेको कामको उच्च प्रशंसा गरेको छ ।