आहा रारा गोल्डकपमा सहारालाई पराजित गदै सुदुरपश्चिम–११ विजयी


पोखरा –  आयोजक सहारालाई पराजित गदै सुदुरपश्चिम–११ स्पोटिङ क्लब धनगढीको विजयी यात्रासंगै १६ औ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा रगशालाको फुटबल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा सुदुरपश्चिम–११ स्पोटिङ क्लब धनगढीले आयोजक सहारा क्लबलाई ३–० को फराकिलो नतिजाले पन्छाउदै क्वाटरफाइनमा पाहुना टोली बंगलादेशको उत्तर बरिन्धरा क्लवसंगको भेट पक्का गरेको छ ।

पोखरेली मैदानमा यी दुई टिमको दोश्रो भेट हो । १५ औ संस्करणको उद्घाटन खेलमा आमनेसामने हुदाँ आयोजक सहाराले ४–० गोलले धनगढीलाई पराजित गरेको थियो । १२ औ संस्करणको उपाधि विजेता आयोजकको दोश्रो चरण प्रवेशमा धनगढी बाधक बनेपछि प्रतियोगितामै पूर्णविराम लाग्यो ।

माघ २० गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका थिए ।उद्घाटनपछि बोल्दै उनले पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्ने महानगरको योजना अनुसार गुरु योजना निर्माणको तयारी भैरहेको बताए । मेयर जिसीले पोखरामा हाई अल्टिच्यूट टे«निङ सेन्टर निर्माण गर्ने योजनामा महानगर रहेका बताए । उनले पोखरा खेलकुदको शहरका रुपका विकास गर्न भौतिक पूर्वाधार निर्माणको काम अगाडी बढेको बताउदै आहा रारा गोल्ड कप पोखराको सान भएको बताए । कार्यक्रममा मख्ुय प्रायोजक पोखरा नुडल्सका प्रकाश केसी, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा लगायतले बोलेका थिए ।

प्रतियोगितामा भारतको युनाईटेड सिक्किम फुटवल क्लव, बंगलादेशको उत्तर बरिन्धरा क्लव, मनाङ मस्र्याङदी क्लव, संकटा क्लव, रमपम झापा एघार फुटवल क्लव, धरान फुटवल क्लव, सुदुर पश्चिमाञ्चल एघार स्पोर्टिङ क्लव, थ्रि–स्टार क्लव, आयोजक सहारा र नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव र सशस्त्र प्रहरी वलको एपीएफ क्लव सहित १२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितको विजेताले उपाधी सहित ७ लाख १ हजार, उपविजेताले ३ लाख ५१ हजार प्राप्त गर्नेछ । खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका आयोजित प्रतियोगिताबाट १ करोड २१ लाख ८२ हजार आम्दानी गरी ९० लाख ५ हजार ५ सय खर्च गरी बचत भएको रकम सहारा एकेडेमीमा रहेका बालकहरुको भरण पोषणमा खर्चिने भएको क्लवका महासचिव विश्वराज वरालले बताए ।