एनआरएनए स्पेनका नियमित बैठकका निर्णयहरु


  • मिती २२ जनवरि २०१८ मा यस गैर आवासिय नेपाली संघ (NRNA) स्पेनका श्री चिन्तामणी सापकोटाको अध्यक्षतामा बसेको नियमित बैठक निम्नासुर निर्णय गर्दै सम्पन्न भएको छ ।
    १) यही जनवरि ८ तारिक स्पेनको बार्सिलोना बस्दै आउनुभएका लमजुङका स्थाइ बासिन्दा श्री अमरजंग गुरुङको असामयिक निधन भएकोमा यस बैठकबाट उहाको मृत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रदान्जली ब्यक्त गरियो । यस दुखद्: घडीमा उहाको सोकाकुल परिवार जनमा समबेदना ब्यक्त गर्दै धैर्यधारण गर्ने शाहस मिलोस भन्ने कामना गर्दै स्पेनको नेपाली समाजले एक होनाहार र मिलनसार नेपाली गुमाएको गहिरो दुख ब्यक्त गर्दै उहाँको परिवारमा परेको पिडा केहि हदसम्म भए पनि कम गर्ने उदेस्यले एन आर एन अध्यक्ष श्री चिन्तामणी सापकोटा, तमु समाजका अध्यक्ष श्री गौतम गुरुङ , एन आर एन का कोसाध्यक्ष श्री बिशाल ढुङ्गाना गरी ३ जनाको नाममा La Caixa Bank मा खोलिएको संयुक्त खातामा स्वेच्क्षिक सहयोग जम्मा गरिदिनुहुन स्पेन स्थित सम्पुर्ण नेपाली संघ संस्था र नेपाली समुदायमा आह्वान गर्ने र स्पेन बाहिरबाट सहयोग गर्न चाहानुहुनेहरुको लागी gofundme.com को online account मा सहयोग रकम जम्मा गर्नको लागी एन आर एन स्पेनले सार्वजनिक आह्वान गर्ने निर्णय गरियो ।२ )यही आगामि जनवरि २४ का दिनमा नेपाल सरकारबाट नियुक्त हुनुभएका स्पेन सथित नेपाली राजदुताबासका नवनियुक्त महामहिम राजदुत श्री भरत बहादुर रायमाझी सहित दुताबासका अन्य कर्मचारीहरुलाई स्पेनमा पहिलो स्वागत गर्न को लागी एन आर एन अध्यक्ष श्री चिन्तामणी सापकोटा ज्युको नेतृत्वमा अन्य संस्थाका प्रतीनिधी र समय मिल्ने अन्य साथिहरु सहित म्याडृड जाने र संभव भएसम्म छिटो उहाहरुलाई बार्सिलोनामा स्वागतको लागी आमन्त्रण गर्ने निर्णय गरियो ।
    ३)गत १७ डिसेम्वरमा सम्पन्न एन आर एन कप फुटबल कार्यक्रमको समिक्षा गर्दै आर्थिक, भौतिक रुपमा सहयोग गर्नुहुने सहयोगदाता ज्युहरु, स्पेनस्थित सम्पुर्ण संघसंस्थाहरु, सहभागी टिम तथा र कार्यक्रम सफल पार्नको लागी उपस्थित सम्पुर्ण स्पेनबासी नेपाली बुवाआमा, दाजुभाइ तथा दिदिबहिनीहरु, पत्रकार ज्युहरु साथै कार्यक्रमको लागी हर क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्णमा एन आर एन ए स्पेनको तर्फबाट मुरीमुरी हार्दिक धन्द्यवाद तथा आभार प्रकट गरियो साथै उक्त कार्यक्रमबाट संस्थालाई ५५४ युरो घाटामा देखिन आएकोले अपुग रकम कार्यसमितीका सम्पुर्ण पदाधिकारी , सदस्य , सल्लहकार, आइसिसी एंव डिआरसी ज्युहरुबाट जम्मा गरी हिसाब मिलान गर्ने निर्णय गरियो ।

    ४) मिती १४/८/२०१७ मा एन आर एन स्पेनको आह्वानमा बाढी पिडितको लागी राहत संकलन समिती गठन भई संकलीत जम्मा रकम ११८०९ युरो मध्य २३/०८/२०१७ मा बैंक कमिसन सहित कुल ५०४५ युरो नेपाल स्थित एन आर एन आइ सि सि को बैंक खातामा ट्रान्स्फर गरिएको र पछिल्लो चरणमा एन आर एन स्पेनको प्रतक्ष सहभागितामा चितवनको माडिमा बिभिन्न बाढिप्रभावित भिबिन्न बिद्यालयहरु ,संघसंस्था तथा विद्यार्थीहरुलाई लत्ताकपडा , सौचालयनिर्माण्, शैक्षिक सामाग्री सहयोग को लागी जम्मा ६७६४ युरो नेपाल पठाइ हाल सम्म राहत संकलन समितिको कार्य सम्पन्न गरिएको र उठेको सम्पुर्ण रकम सोही शिर्सकमा सहयोग गरी हाल सम्मको हिसाबकिताब मिलान गरिएको निर्णय गर्दै एन एर एन स्पेनको तर्फबाट सम्पुर्ण सहयोगी संघ संस्था तथा सहयोगी नेपाली समुदाय लाई हार्दिक धन्द्यवाद ज्ञापन गरियो ।

    ५ ) गैर आवासिय नेपाली संघ अन्तरास्ट्रीय समन्यय समितीको मानार्थ परिषद समितिमा मनोनित हुनुभएकोमा एन आर एन ए स्पेनका पुर्व आइ सि सि सदस्य श्री पुस्पराज तिमील्सिना ज्यु , गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको Chair of Migrants Issue Sub-Committee जस्तो गरिमामय पदमा मनोनित हुनु भएकोमा स्पेनका पुर्व आइ सि सि सदस्य श्री दिपक खरेल ज्यु तथा गैर आवासिय नेपाली संघको, आइ सि सि सदस्यमा मनोनित हुनु भएकोमा एन आर एन ए स्पेन कि पुर्ब महिला संयोजक तथा बर्तमान सल्लाहकार, श्रीमती सितल भुर्तेल भुसाल ज्युलाई एन आर एन ए स्पेनको तर्फबाट हार्दिक बधाइका साथै सफल कार्यकालको शुभकामना ब्यक्त गरियो ।

    हिरालाल सापकोटा (डायमण्ड)
    प्रबक्ता
    राष्ट्रिय समन्वय परिषद स्पेन
    गैर आबासीय नेपाली संघ
    मिति :- २३ जनवरी २०१८