प्रदेश ४ को र्निविकल्प राजधानी पोखरामा चुनावी गर्मी


राजाराम पौडेल,पोखरा – प्रदेश नम्बर ४ को निर्विकल्प राजधानीको रुपमा रहेको कास्की जिल्लामा चुनावी माहोल ताँतीएको छ । कास्कीमा मंसिर २१ गते हुने दोस्रो चरणमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुदैछ । प्रतिनिधि सभाको लागि ३ निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि ६ निर्वाचन क्षेत्र रहेको कास्कीमा कुल ९ पदका लागि ९५ जनाबिच प्रतिष्पर्धा हुँनेछ । यहाँ मुख्य प्रतिष्पर्धा दल बाम गठबन्धन र नेपाली काँग्रेसनै हुन् । समग्र ४ नम्बर प्रदेशमा स्थानिय निकायको निर्वाचनमा नेपाली काँग्रेस पहिलो स्थानमा आएको भएपनि कास्कीमा उसले सुखद नतिजा ल्याउन सकेन । १ महानगरपालिका र ४ गाउँपालिका रहेको कास्कीमा १ महानगरपालिका र ३ गाउँपालिकामा एमाले विजयी हुदाँ १ गाउँपालिकामा मात्र काँग्रेस विजयी बनेको थियो । स्थानिय निकायको चुनावमा पार्टीभित्रबाट अन्र्तरघात भएको कारण पराजित हुन पुगेको निष्कर्ष निकालेको काँग्रेस अबको चुनाबमा उक्क्त गल्ति नदो¥याउने रणनितिमा छ ।


स्थानिय निकायको निर्वाचनमा जिल्लामा पहिलो बन्न सफल बनेको एमाले माओवादी केन्द्रसँग गठबन्धन गरपछि उत्साहित देखिएको छ । माओवादी केन्द्रसँगको गठबन्धनपछि कास्की जिल्लामा रहेका सबै क्षेत्रमा सजिलै विजय बन्ने उनीहरुको अनुमान छ । तरपनि अखण्ड नेपाल पार्टी नेपाली काँग्रेसमा विलय हुनु, पुर्व साँसद समेत रहेका उद्योगी सुर्यबहादुर केसी काँग्रेसमा प्रवेश गरेको कारण बामगठबन्धनलाई चुनौती भने थपिएको छ । यतिबेला बामगठबन्धन र नेपाली काग्रेस दुवैले आ–आफ्ना चुनावी एजेण्डा लिएर मतदाता समक्ष पुगेका छन् । आ–आफ्ना योजना सुनाउदै उनीहरुले मतदातालाई आर्कषित गर्न खोज्दैछन् । उनीहरुको मुख्य एजेण्डा कास्की जिल्ला तथा प्रदेश नम्बर ४ लाई समृद्ध बनाउने रहेको छ ।

काग्रेसको एजेण्डा
नेपाली काँग्रेस कास्कीका उम्मेदवारले जिल्लालाई समृद्ध बनाउने साझा एजेण्डा भएको बताएका छन् । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने, बढीभन्दा बढी पर्यटक पोखरा भित्राउने उनीहरुको एजेण्डा छन् । यसैगरी निःशुल्क स्वास्थ्य उपचारदेखि केवलकार, चक्रपथ, सुरुङमार्ग, उर्जाशक्ति, रेलवे निर्माणसम्मका महत्वकांक्षी योजना काँग्रेसले ल्याएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको पोखरा विमानस्थल जतिसक्दो छिटो तयार गर्ने, घाँटिछिनादेखि पञ्चासे र घान्दु्रकबाट मुक्तिनाथसम्म केवलकार निर्माणका लागि पहल गर्ने, फेवाताल संरक्षणमा ५ वर्षभित्रै ठूला चेकड्याम निर्माण गर्ने लगायत योजना अघि सारेका छन् ।
महानगरको साँघुरा सडकलाई मध्यनजर गरी ठाउँठाउँमा फ्लाईओभर बनाउने, तनहुँ, लमजुङ र मनाङलाई जोडेर मादी करिडोर निर्माण गर्ने, २ वर्षभित्र पोखराबाट सिधैँ त्रिवेणी पुग्ने सडक निर्माण गर्ने, पोखरालाई अन्तर्राष्ट्रिय हवाइमार्गसँग जोड्ने, सात ताल जोड्ने रिंकरोड, होमस्टे प्रवद्र्धन, खेलकुदको हव बनाउने लगायत योजना काँग्रेसले सार्वजनिक गरेको छ ।

बाम गठबन्धनको एजेण्डा
बाम गठबन्धनका उम्मेद्वारहरुले आगामी प्रतिनीधि सभा तथा प्रदेश सभाको निर्वाचन पछि देशमा स्थायी सरकारसंगै आर्थिक समृद्धिको लागि आफूहरुको उम्मेदवारी भएको उद्घघोष गरेका छन् । कास्कीलाई नेपालकै नमूना जिल्ला बनाउने, जलविद्युत, अर्गानिक कृषि, पर्यटन र खेलकुदको हब बनाउने उनीहरुको घोषणा छ । वार्षिक २० लाख पर्यटक पोखरामा मात्र भित्राउने, रोजगारीको सिर्जना गर्ने, कास्कीलाई स्मार्ट सिटी बनाउने, अन्तराष्ट्रिय विमानस्थल, पर्यटनको राजधानी बनाउने, समुन्नत पोखरा निर्माण, सुखी जनता बनाउने योजना उनीहरुको छ ।
कृषिमा आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउने, गाउँमै रोजगारी सिर्जना गरी त्यहाँ उत्पादित सामानको बजारीकरण गर्ने, जल जमिन, जैविक विविधता, जडीबुटीको समुचित प्रयोग गर्ने उनीहरुको योजना छ । कास्कीलाई मासु, दूध र तरकारीमा आत्मनिर्भर बनाउने, पर्यटनको केन्द्र बनाउने, रोजगारी सिर्जना गर्ने, घररघरमा सरकार पु¥याउने तथा ब्यबस्थित सहर निर्माण गर्ने समेत उनीहरुको योजना हो । फेवाताललाई पहिलेकै आकारमा पु¥याउने, आफ्नो क्षेत्रमा परेका छोरेपाटनदेखी अन्नपूर्ण बेसक्याम्पसम्म रिङ्गरोड बनाउने, पोखरामा स्वास्थ्य तालिम केन्द्र बनाउने, जिर्ण सडकको स्तरोन्नती गर्ने लगायतका एजेण्डा बामउम्मेदवारले प्रस्तुत गरेका छन् ।


काँग्रेसका उम्मेदवार
नेपाली काँग्रेसले कास्कीको प्रतिनिधि सभा क्षेत्र नं. १ मा बहालवाला कानुन मन्त्री रहेका यज्ञ बहादुर थापा उम्मेदवार बनाएको छ । २०६४ र २०७० को दुवै संविधानसभामा उम्मेदवार बनेका थापा २०६४ मा पराजित बनेका थिए भने २०७० मा एमालेका उम्मेदवार मानबहादुर जिसीलाई पराजित गर्दै विजयी बनेका थिए । कास्कीको प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा १ मा जीवन परियार र २ मा कास्की जिल्ला सभापति रहेका कृष्ण केसी उम्मेदवार बनेका छन् ।
२ नम्बर क्षेत्रमा प्रतिनिधि सभाका लागि देवराज चालिसे उम्मेदवार छन् । प्रदेशतर्फ १ मा गुरु बराल, २ मा विन्दुकुमार थापा चुनावी मैदानमा छन् । २ नम्बर क्षेत्रको प्रदेश २ मा काग्रेस उम्मेदवार विरुद्ध नरेशशंकर पालिखेले वागी उम्मेदवारी दिएका छन् । वागी उम्मेदवारी दिएको भन्दै पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा भने शुक्रराज शर्माले टिकट पाएका छन् । ३ नम्बर क्षेत्रको १ मा शारदा पौडेल र २ मा सिकन्दर गुरुङ उम्मेदवार छन् । शारदा पौडेल २०७० को संविधान सभाको चुनावमा कास्की क्षेत्र नं. २ बाट निर्वाचित बनेकी थिइन् ।


बाम गठबन्धनका उम्मेदवार
कास्कीमा बाम गठबन्धनको तर्फबाट एमालेले प्रतिनिधि सभाका तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको छ । प्रदेश सभामा भने एमालेले ३ र माओवादी केन्द्रले ३ सीट बाडेका छन् । एमालेले प्रतिनिधि सभा तर्फ कास्की क्षेत्र नम्बर १ मा पूर्व स्वास्थ्यमन्त्रि खगराज अधिकारी, २ मा विकास समितिका निर्वतमान सभापती रवीन्द्र अधिकारी र ३ नम्बर क्षेत्रमा जगत विश्वकर्मालाई उम्मेदवार बनाएको छ । रविन्द्र अधिकारी २०६४ र २०७० को चुनावमा विजयी बनेका थिए ।
प्रदेशतर्फ ३ सीट पाएको माओबादी केन्द्रले क्षेत्र नं १ को प्रदेश १ मा दीपक कोइराला, क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा कास्की इन्चार्ज समेत रहेका राजकाजी गुरुङ र क्षेत्र नं. ३ को प्रदेश सभा १ मा रामजी बराललाई उम्मेदवार बनाएको छ । एमालेले क्षेत्र नम्बर १ को प्रदेश २ जिल्ला उपाध्यक्ष मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा कास्की अध्यक्ष कृष्ण थापालाई उम्मेदवार बनाएको छ । क्षेत्र नं. ३ का प्रदेश सभा २ मा राजीव पहारी उम्मेदवार बनेका छन् । पहारी युवासंघ नेपालका केन्द्रिय अध्यक्ष हुन् ।


अन्य उम्मेदवार
प्रतिनिधि सभा कास्की क्षेत्र नं १ मा मदन मुरारी घिमिरे, सौगात पोखरेल, दीपक पौडेल, टेकबहादुर गुरुङ, रियाज गुरुङ, चन्द्रबहादुर रानाभाट, मनबहादुर गुरुङ, राजु परियार, पदमबहादुर गुरुङ समेत चुनावी मैदानमा छन् । क्षेत्र नं १ को प्रदेश सभा १ मा देउबहादुर गुरुङ, रामबहादुर केसी, जानु गुरुङ, लक्ष्मीकान्त पौडेल, दीपककुमार थापा, नवराज खनाल, नारायणहरि तिवारी, सीता श्रीस मगर, मानबहादुर कामी, श्रीधन राई चुनावी दौडमा छन् ।
क्षेत्र नम्बर १ कै प्रदेश सभा २ मा मान थापा, चन्द्रबहादुर कार्की, काशीमाया गुरुङ, गिरबहादुर कुवर, कमल थापा, फडिन्द्रमोहन कडेल, भीमबहादुर दर्जी र प्रेमराज मश्राङ्गी उम्मेदवार बनेका छन् ।
यसैगरी कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि दीपक भण्डारी, श्रीकृष्ण श्रेष्ठ, दालकुमारी खत्री, कर्णबहादुर पुन, रत्न भट्टचन, लक्ष्मी विश्वकर्मा, टेकनाथ भण्डारी, बालकुमार राई, उमा दर्लामी, ज्ञानराज गुरुङ र निर्मल खत्री उम्मेदवार छन् ।
कास्की क्षेत्र नं. २ को प्रदेश सभा १ मा हेमबहादुर थापा पराजुली, चिरञ्जीवी वराल, टिकाराम अधिकारी, विष्णु खड्का, टेकबहादुर थापा मगर, निर्मल आले र कुलबहादुर भुजेल उम्मेदवार छन् ।
क्षेत्र नं. २ को प्रदेश सभा २ मा डम्बरबहादुर केसी, गणेश अधिकारी, मिठू परियार, देवेन्द्रकिशोर बास्तोला, किसन विश्वकर्मा, विष्णुबहादुर खत्री र टेकबहादुर राना उम्मेदवार छन् ।
कास्की क्षेत्र नम्बर ३ नारायणप्रसाद भण्डारी, मिलन अधिकारी, दुर्गाबहादुर कामी सुनार, रमेश बसेल, हिमलाल गौतम, डिलबहादुर नेपाली, भोजबहादुर त्रिपाठी, गोविन्दबहादुर गजमेर र दुर्गादत्त तिमिल्सिनाले उम्मेदवारी दिएका छन् ।

कास्की क्षेत्र नं. ३ को प्रदेश सभा १ मा देवीप्रसाद सुवेदी, तमबहादुर रोका, चिरञ्जीवी अधिकारी, गोरे दमै, कृष्णबहादुर दमाई, केदारनाथ पौडेल, चिनबहादुर नेपाली, सुरेन्द्र विश्वकर्मा चुनावी दौडमा छन् ।
क्षेत्र नं. ३ को प्रदेश क्षेत्र सभा २ मा नेत्रप्रसाद चापागाई, विष्णु पुरी, धनुमाया कोइराला आचार्य, गुरुप्रसाद बराल, कमला विक, तुलबहादुर गुरुङ र भीमप्रसाद गुरुङ छन् ।
यसरी कास्कीमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका मात्र नभएर समानुपनतिक सुचिमा परेकाहरुपनि जनताको घरदैलोमा पुग्दै मत माग्न व्यस्त छन् । यसले विस्तारै चिसिदै गएको मौसममा राप थपेको छ ।
चार गाउँपालिका, एक महानगरपालिका रहेको कास्कीमा कुल मतदाता दुई लाख ५५ हजार ४ सय ५२ मतदाता छन् । उनीहरुलाई मतदानका लागि ३ सय १७ मतदान केन्द्र तोकिएको छ ।
कास्की क्षेत्र नम्बर १ को प्रदेश १ मा ५० हजार २ सय ८९, २ मा ४५ हजार ७ सय ९५, क्षेत्र नम्बर २ को प्रदेश १ मा ३७ हजार ६ सय ४३, २ मा ३३ हजार ८, क्षेत्र नम्बर ३ को प्रदेश १ मा ४६ हजार २ सय ५२ र २ मा ४२ हजार ४ सय ६५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

प्रदेश ४ मा प्रतिनिधि सभाका १८ निर्वाचन क्षेत्र
प्रदेश नम्बर ४ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ १८ तथा प्रदेश सभा तर्फ ३६ क्षेत्र रहेका छन् । कास्कीमा प्रतिनिधि सभामा ३ र प्रदेश सभामा ६, गोरखा, तनहुँ, स्याङजा, बाग्लुङ र नवलपरासी पूर्वमा प्रतिनिधि सभामा समान २ र प्रदेश सभामा समान ४, लमजुङ, मनाङ, मुस्ताङ, पर्वत र म्याग्दीमा प्रतिनिधि सभामा समान १ र प्रदेश सभामा समान २ क्षेत्र रहेका छन् । प्रदेश नम्बर ४ का लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा र बाग्लुङमा पहिलो चरण अन्र्तगत मंसिर १० गते निर्वाचन भइसक्यो भने  कास्की, तनहुँ, स्याङ्जा, पर्वत र नवलपरासी पूर्वमामा दोस्रो चरण अन्र्तगत मंसिर २१ गते निर्वाचन हुनेछ ।


प्रदेश नम्बर ४ का हेवीवेट नेता
प्रदेश नम्बर ४ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, वर्तमान उपप्रधानमन्त्री गोपालमान श्रेष््ठ, पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पुर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल, विकास समितिका निर्वतमान सभापती रविन्द्र अधिकारी, वर्तमान कानूनमन्त्री यज्ञबहादुर थापा, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, पूर्व मन्त्री शंकर भण्डारी, पुर्व मन्त्री देव प्रसाद गुरुङ, पूर्व मन्त्री रोमी गौचन थकाली लगायत चुनावी दौडमा छन् । प्रदेश नम्बर ४ बाट प्रदेश सभामा पुर्व मन्त्री पृथ्बिसुब्बा गुरुङ, पुर्व मन्त्री किरण गुरुङ चुनावी प्रतिष्पर्धामा छन् । उनीहरु दुवै प्रदेश प्रमुखको दावेदार समेत हुन् ।