कास्कीको पर्यटकिय गाउँ तोल्कामा आयोजित मेला सम्पन्न


पोखरा – कास्कीको पर्यटकिय गाउँ तोल्कामा देउराली युवा क्लबको आयोजनामा भएको एक हप्ते मेला सम्पन्न भएको छ । “जब युवा अघि बढ्छ, तब देशको बिकास हुन्छ” भन्ने नाराका साथ दिपावलीको पाबन अबसर पारेर बिभिन्न खेलकुद सहितको १४ औं संस्करणको मेला  सम्पन्न भएको हो ।

मेलामा सञ्चालन भएको पुरुष भलिबल तर्फ चण्डी युवा क्लब साबेतले उपाधी हात पारेको छ । बेस्ट अफ फाईभमा सम्पन्न भएको खेलमा आयोजक टिम देउराली युवा क्ल्बलाई हराउदै चण्डी युवा क्लबले उपाधी हात पारेको हो । उपाधी सँगै नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त ग¥यो । त्यसै गरी उपबिजेता आयोजक टिम देउराली युवा क्लबले नगद रु २५ हजार सँगै शिल्ड, मेडल तथा प्रमाण पत्र हात पा¥यो ।

२५ टिमको सहभागिता रहेको प्रतियोगितामा बैद्द युवा क्लबले सान्त्वना स्थान हाँसिल गरे सँगै नगद रु १५ हजार शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त ग¥यो । साथै कार्यक्रममा बेस्ट प्लेयरको रुपमा तोल्काका सनम थापा मगर, बेस्ट स्पाईकरको रुपमा साबेतका मनोज गुरुङ र बेस्ट ब्लकरको रुपमा घलेलका सन्तोष बिकल क्रमश ट्रफि र प्रमाण पत्र सहित पुरस्कृत भए ।

समापन कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अन्नपुर्ण गाउपालिका वडा नं ७ का वडा अध्यक्ष घनश्याम चापागाई, क्लबका अध्यक्ष सन्तोष गुरुङ, आमा समुह तोल्का लगायतले पुरस्कार गर्नुभयो ।सोही अबसरमा बोल्दै प्रमुख अतिथि चापागाईले आगामी दिनमा हुने हरेक सकरात्मक कार्यक्रमहरुमा पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउदै खेलकुदले स्बस्थ रहन मद्दत गर्नुका साथै आपसी भाईचाराको सम्बन्ध सुमधुर कायम गर्ने बताउनुभयो ।

चापागाईले तोल्का लगायत अन्य गाउँमा पनि यस्ता खालका कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउदै पर्यटन पर्बद्धनमा थप टेवा पुग्ने समेत बताउनुभयो ।यसै बिच कार्यक्रममा आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगी दाता तथा स्थानिय तहको निर्बाचन २०७४ मा निर्बाचिन भएका वडा नं ६, ७, ८, १०, र ११ का जनप्रतिनिधीलाई सम्मान समेत गरेको थियो ।

मेलामा गाँउ स्तरीय तथा भेटा«न्स पुरुष भलिबल प्रतियोगीता, छेलो हान्ने, रसि तान्ने, घैटो फुटाउने, मेच घुमाई तथा मकै गन्ने प्रतियोगीता समाबेश गरीएको बताउदै कार्यक्रम संयोजक भरत गुरुङले प्रतियोगितामा बिजेता टिम तथा खेलाडीहरुलाई आकर्षक पुरस्कारले पुरस्कृत गरीएको जनाउनुभयो ।

क्लबका अध्यक्ष बिकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको मेलामा क्लबका सस्थापक अध्यक्ष सन्तोष गुरुङ, युवा नेता राज कुमार गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन भगवान पौडेल र चेत बिकले गर्नुभएको थियो ।