कातोलोनिया क्षेत्रमा जनमत संग्रह हुँदै,केन्द्रिय सरकार असफल पार्ने प्रयासमा


बार्सिलोना / स्पेनको संवैधानिक न्यायालयले अबैधानिक बताए पनि कातोलोनिया क्षेत्रमा आईतबार जनमत सग्रह हुँदै छ। स्पेनबाट कातोलोनिया अलग रहने वा नरहने बारे निर्णयका लागि कातोलोनिको प्रादेशिक सरकारले जनमत सग्रह गर्न लागेको हो।

स्पेनको केन्द्रिय सरकारले यसलाई असफल पार्न कडा सुरक्षा ब्यबस्था सहित मतदान केन्द्रहरु बन्द गरेको छ। मतदान केन्द्रको रुपमा तोकिएका २ हजार ३ सय १५ बिद्यालय मध्ये १ हजार ३ सय वटा बन्द गरिदिएको केन्द्रिय सरकारले जनाएको छ। भोलि हुने जनमत सग्रहलाई रोक्ने प्रयासको रुपमा कदम चालिएको स्पेनी अधिकारीहरुले बताएका छन्। उत्तर पुर्ब स्पेनमा ७५ लाख जनसंख्या रहेको कातोलोनिया क्षेत्र स्पेनको धनी क्षेत्रको रुपमा मानिन्छ जहाँ आफ्नै संस्कृति र भाषा रहेको छ।

आईतबार हजारौको संख्यामा मतदानमा भाग लिदै छन् जसलाई स्पेनको संवैधानिक न्यायालयले अबैधानिक बताईसकेको छ। मतदान तथा प्रदर्शन हुँदै गर्दा ठुला झडपहरु हुन सक्ने आकलन गरिएको छ।

सुरक्षा अबस्थालाई ध्यानमा राख्दै केन्द्रिय सरकारले हजारौ पुलिस परिचालन गरी सकेको छ। । परिणाम स्वतन्त्र रहने पक्षमा आएमा ४८ घण्टा भित्र कातोलोनियाले आँफु आफैले स्वतन्त्र भएको घोषणा गर्दै छ। अहिले स्वतन्त्रताको पक्षमा बार्सिलोना शहर झण्डा तथा पोष्टरहरुले रंगिएको छ। “हामीलाई स्वतन्त्रता चाहियो,कातलोनिया स्पेन हैन।” लेखिएका ब्यानरहरु पनि देख्न सकिन्छ।