नेपालीनेपाली डटकमको नियमित प्रसारण शुरु


बार्सिलोना, साउन ११

“सबै नेपालीहरुको खबर” नेपालीनेपाली डटकमले आफ्नो नियमित प्रसारण शुरु गरेको छ । हरेक नेपाली र नेपालको बारेमा चासो राख्ने सबैले नेपालको खबर थाहा पाउनु पर्ने भन्दै नेपालमा होस् या नेपाल बाहिर कोही पनि बेखबर नहुन् भन्ने उद्धेश्यका देशको अवस्था, राजनीतिक उथलपुथल, संस्कार, संस्कृति, परम्परा र कुना कन्दराका यथार्थ चित्रण नेपाली डटकमको पहिलो प्राथमिकतामा पर्ने जनाएको छ।

अन्लाईन पत्रिकाहरुको बिकास तिब्र भईरहेको बेला सबैको मन जित्ने प्रयासका साथ आफुहरु लागि पर्ने, नेपालीनेपाली डटकमका प्रधान-सम्पादक बसन्त रानाभाटले बताएका छन् । सामाचारको साथमा स्पेनको पहिलो अन्लाईन “रेडियो स्पेननेपाल” पनि त्यहि साईट खुल्ने बित्तिकै, आफै सुनिने हुदा ,रेडियो अनि पत्रिकाबाट एकै चोटी सुसोचित हुदा, झन् लोकप्रियता बढ्ने  बिश्वास ब्यक्त गरेका छन्।

पोखरामा बिगत १२ बर्ष देखि पत्रकारिता गर्दै आएका नेपालीनेपाली डटकमका सम्पादक सन्देश श्रेष्ठले पोखरा आसपास लगायत पश्चिमाञ्चल क्षेत्र लगायत प्रवासका समाचारहरु शुरुवातमा समेट्ने र पछि बिस्तारै मुलुक भर पुग्ने बिश्वास ब्यक्त गरे ।

उनले भविष्यमा नेपालीनेपाली डटकमलाई पोखराबाट दैनिक पत्रिकाको रुपमा प्रकाशित गर्ने योजना रहेको बताएका छन्।
शुभकामना दिएर सहयोग गर्ने सबैलाई धन्यबाद दिदै इच्छुक बिज्ञापन दाताहरुलाई आफ्नो व्यवसायको बिज्ञापन गर्न चाहेमा सम्पर्कको लागि पत्रिकाले अनुरोध गरेको छ ।