यस्तो छ एनआरएन स्पेनको नमुना मतपत्र


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय  समन्वय परिषद स्पेनको निर्बाचनका लागि नमुना मतपत्र सार्बजनिक भएको छ। अध्यक्ष,उपाध्यक्ष र सचिव पदमा हुने चुनावका लागि निर्बाचन समितिले मतपत्र सार्बजनिक गरेको हो।

अध्यक्षमा चिन्तामणी सापकोटा र गौतम गुरुङ,उपाध्यक्ष पदका लागि सुनिल रानाभाट,पेशल कोईराला,दिलनाथ भण्डारी र रोशन पाठक भिड्दै छन्। भने सचिवमा दिनेश कुमार गिरी,लोकबन्धु बस्नेत र तारा अधिकारी चुनाबी मैदानमा छन्।

२२ तारिख शनिबार क्षेत्रीय मतदान केन्द्र पाईभास्को बिल्बाउ र म्याड्रिड र तथा २३ तारिख आईतबार बार्सिलोनामा मतदान हुँदै छ। संघको पाँचौ अधिबेशनमा निर्बाचनको माहोल चर्किएका बेला अध्यक्ष,उपाध्यक्ष र सचिव बाहेकका अन्य पदहरुमा भने यसअघि निर्बिरोध भईसकेको छ।

मतदान गर्दा अध्यक्षमा एक जनालाई,उपाध्यक्ष र सचिव पदमा दुई वा सो भन्दा कमलाई मतपत्र भित्रको कोठामा ठिक चिन्ह लगाउनु पर्ने निर्बाचन समितिले जनाएको छ।