एआरएनए स्पेन निर्बाचन समितिको सूचना


गैर आवासीय नेपाली संघ, स्पेनको पाँचौं राष्ट्रिय महाधिवेशन -२०१७ को लागि गठित निर्वाचन समितिको हिजो मिति २०१७/०७/१४ तारिक शुक्रवारका दिन बसेको बिशेष बैठकले निम्नानुसारको निर्णय गरेको व्यहोरा जानकारी गराउन चाहन्छु।

१) गैर आवासीय नेपाली संघ, क्षेत्रीय समिति म्याड्रिडबाट गत ८ जुलाई २०१७ तारिक प्राप्त क्षेत्रीय समितिका सबै पंजीकृत सदस्यहरुलाई मताधिकार दिलाई पाउँ भन्ने व्यहोरा उल्लेखित अनुरोध-पत्र उपर छलफल गर्दा सबै पंजीकृत सदस्यहरुलाई मताधिकार दिलाउने निर्वाचन समितिको मुख्य उद्धेश्य रहे तापनि क्षेत्रीय मतदान केन्द्रहरुमा निर्वाचन सम्बन्धी व्यवस्थापन (विशेष गरी आर्थिक पक्षको) गर्न क्षेत्रीय समितिहरुलाई सहज होस् भन्ने हेतुले निर्वाचन नियमावलीमा न्युनतम १०० जना पंजीकृत सदस्यको मापदण्ड तोकेका थियौं तर गैर आवासीय नेपाली संघ, स्पेनको विधानमा क्षेत्रीय मतदान केन्द्र राख्नका लागि कुनै संख्या नतोकिएको र यहाँहरुको अनुरोधलाई मध्यनजर राख्दै यदि क्षेत्रीय समितिले निर्वाचन सम्बन्धी सम्पूर्ण व्यवस्थापन गरेको खण्डमा निर्वाचन नियमावली -२०१७ दफा १०(घ) मा उल्लेखित न्युनतम १०० जना पंजीकृत सदस्य संख्याको मापदण्डलाई हटाउने निर्णय गरियो।

२) गैर आवासीय नेपाली संघ, स्पेनका सचिव (क्षेत्रीय समिति म्याड्रिडका तर्फबाट) श्री रामकृष्ण पुडासैनीको गत ११/०७/२०१७ तारिक क्षेत्रीय मतदान केन्द्र म्याड्रिडमा सम्पन्न हुने मतदान मिति बार्सिलोना केन्द्रकै मिति(२३/०७/२०१७)मा सारी पाउँ भन्ने व्यहोरा रहेको निवेदनमाथि छलफल गर्दा क्षेत्रीय कार्य समिति म्याड्रिडको बैठक बसी यथासक्य चाँडो आधिकारिक रुपमा अनुरोध गरिएको खण्डमा क्षेत्रीय मतदान केन्द्रको लागि तय गरिएको निर्वाचन कार्य तालिकामाथि निर्वाचन समितिले पुनर्विचार गर्न सकिने निर्णय गरियो। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्पेनको नयाँ कार्य समिति चयनका लागि यहि २०१७ जुलाई २३ तारिक सम्पन्न हुने निर्वाचनलाई निष्पक्ष एवम् शान्तिपूर्ण वातावरणमा सफलताका साथ सम्पन्न गराउन अमूल्य राय, सुझावका साथै रचनात्मक सहयोगका लागि सम्पूर्ण स्पेनवासी नेपाली समुदायमा निर्वाचन समिति हार्दिक अनुरोध गर्दछ।

हेम शेर्पा (संयोजक)
निर्वाचन समिति
पाँचौं राष्ट्रिय महाधिवेशन – २०१७ गैर आवासीय नेपाली संघ, स्पेन।