कोपेनहेगनमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुने


  • यम लाल सुबेदी ,कोपेनहेगन

डेनमार्कबासी नेपालीहरु बीच भलिबल प्रतिस्पर्धा हुने भएको छ। आगामी जुलाई ९ तारिख आईतबार रुईपार्केन कवडहलमा मैत्रीपूर्ण भलिवल प्रतियोगिता हुन लागेको हो। नेपाली समुदायमा भलिवल खेलप्रति बिशेष रुचि राख्ने खेलाडी तथा खेल भभियान्ताहरुको पहलमा हुने प्रतियोगिताको लागि तयारी थालिएको छ।

बेलाहोए क्लासिक भलिबल टिमका कप्तान कृष्ण के.सी, गुरुङ्,समाज भलिवल टिमका कप्तान बिशाल गुरुङ् नीराजन गुरुङ् सोम गुरुङ् ,जेएसएस भलिबल टिमका स्पाईकर शम्भु भुषाल ,यमलाल सुबेदी,ओनएफ भलिवल टिमका म्यानेजर प्रकाश श्रेष्ठ, भलिवल खेलका संचालक हेमराज अर्याल,एनपीपीएफ डेनमार्कका महासचिव महेशकुमार खातीको बिशेष सकृयतामा तयारी बैठक समेत सम्पन्न भएको छ।

डेनमार्कमा रहेका नेपाली भलिवल टिमहरुको बिचमा संचालन हुने प्रतियोगिता पछि बिभिन्न खानाका परिकार सहित बारबिक्यूको कार्यक्रमको समेत आयोजना गरिने भएको छ। मनोरन्जन सहित हुने छलफल कार्यक्रममा कोपेनहेगन कम्युनमा नेपाली भलिवल संघ दर्ता गर्नेको लागि आवश्यकता पर्ने मोडालिटी,संघलाई निरन्तर रुपामा कृयाशिल गराउन लाग्ने श्रोत र साधनको जगेर्ना को बारेमा  बिशेष छलफल चलाईने भएको छ ।

प्रतियोगितालाई सफल पर्न आर्थिक समिति,कवडहल ब्यबस्थापन,खेलाडीहरुको सुचि संकलन,स्वयंसेवक ब्यबस्थापन,,प्रचार प्रसार लगायतका समितिहरु बनाई तयारी थालिएको छ।