रियललाई १२ औं कीर्तिमानी उपाधि


रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि रक्षा गरेको छ ।यससँगै रियललगातार दुई सिजन च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो क्लब समेत बनेको छ । साथै रियलको यो १२ औं कीर्तिमानी उपाधि समेत हो ।

शनिबार राति भएको फाइनलमा रियल मड्रिडले इटालियन च्याम्पियन युभेन्टसलाई ४-१ गोल अन्तरले हराएको छ ।

कार्डिफमा भएको खेलमा रियलले २० औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । २७ औं मिनेटमा युभेन्टसका मारियो मान्जुकिजले बराबरी गोल फर्काए र पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

तर, दोस्रो हाफमा युभेन्टसले रियल मड्रिडलाई रोक्न सकेन । ६१ औं मिनेटमा कासिमेरोले गोल गर्दै टिमलाई २-१ अग्रता दिलाए भने तीन मिनेटपछि नै रोनाल्डोले दोस्रो गोल गरे । र, रियल ३-१ ले अगाडि रहृयो ।

खेलको ८४ औं मिनेटमा युभेन्टसलाई अर्को झड्का लाग्यो । उसका जुआन रातो कार्ड खाँदै मैदानबाट बाहिरिए र युभेन्टस १० खेलाडीमा सिमित भयो ।

९० औं मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मड्रिड ४-१ ले विजयी भएको छ ।

रियल मड्रिड च्याम्पियन्स लिगमा लगातार दुई सिजन उपाधि जित्ने पहिलो टिम बनेको छ । साथै लिगमा ५०० बढी गोल गर्ने टिम पनि बनेको छ ।