ब्रिसबेनमा सम्पन्न गोष्टीको निस्कर्ष: नेपालको नीति निर्माणमा योगदान दिन सकिन्छ।


ब्रिसबेन । गत शनिबार अस्ट्रेलियाको पूर्वी राज्य कुइन्स्ल्याण्डको राजधानी ब्रिसबेनमा सम्पन्न नेपाल फेस्टिवल अस्ट्रेलियामा नेपालको प्रबर्दन गर्न सफल रह्यो । सम्मेलनले सरकारको चाहना भएमा नेपालको नीति निर्माणमा समेत महत्वपूर्ण योगदान गर्न सकिने निस्कर्ष निकाल्यो ।

गैर आवासीय नेपाली संघ कुइन्स्ल्यनडका संयोजक अभिमान सिंह बस्नेतका अनुसार नेपाल महोत्सबको अवसर मा आयोजना भएको सीप तथा ज्ञान रुपान्तरण कार्यशालाको निस्कर्ष नेपालको बिकासमा नीतिगत सहयोग गर्न सकिने रह्यो ।

जम्मा बिस शिर्षकमा प्रस्तुत भएका कार्यपत्रको निस्कर्ष निकाल्न र कार्यन्वोयेनको लागि सुझाव तयार गर्न डा . केशव शर्मा को नेतृत्वोमा एउटा समूह पनि निर्माण गरिएको छ ।

खासगरी नेपालको सडक सुरक्षा सम्बन्धि नीति निर्माणमा तत्काल सहयोग गर्न सकिने निस्कर्ष निकालिएको गैर आवाशीय नेपालि संघ अस्ट्रेलिया का प्रबक्ता ज्ञानेन्द्र रेग्मीले अनलाइनखबरलार्इ बताए ।

एक नेपालीले एक विदेशीलाई निम्तो गर्ने ब्रिसबेन महोत्सवको लक्ष पुरा भएको आयोजकहरुले बताएका छन् । महोत्सबमा पाँच हजार बिदेशीसहित दस हजारले भागलिएको दाबी गरिएको यो महोत्सबलार्इ यहाँको राज्य सरकारले पनि निकै महत्व दिएको थियो  ।

मुख्य सत्रमा  प्रिमियेर का प्रतिनिधिका रुपमा बहु सास्कृतिक मामिला मन्त्री सहभागी भएका थिए ।  राज्य संसदका सदस्यहरु तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको ध्यान पनि यो महोत्सब ले खिच्यो ।  महोत्सब अघि नोबेम्बर ११ साझको नेपालि परेड तथा नोबेम्बर १२ को बिहान नेपाल भ्रमण गरेका बिदेशी संगको अन्तरक्रिया निकै महत्वोका रहे ।  जसमा विभिन्न अबसरमा नेपाल भ्रमण गरेका अस्ट्रेलियन बुद्दीजी , ब्यबसायी , पर्यटक हरुले नेपाल रहदा को आफ्नो अनुभूति र बिकासकालागि आफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

नेपाली खाना तथा हस्तकलाका समानहरुको बिक्रि तथा प्रबर्दन उक्तदिन निकै भएको थियो ।  नेपालबाट आएका कलाकार तथा अस्ट्रेलियामा रहेर कला साधना गरिरहेका नेपाली कलाकार हरुले हजारौ सहभागी सामु आफ्नो कला प्रस्तुत गरेका थिए । अस्ट्रेलियन कलाकारहरु ले नेपालि पोशाक लगाएर मंच मा प्रस्तुति गरेको यो महोत्सव को अर्को आकर्षण थियो ।