एनआरएन फ्रान्सको वार्षिक साधारण सभा सम्पन्न


पेरिस/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको बार्षिक साधारण सभा सम्पन्न भएको छ। संघका बिभिन्न गतिबिधिहरु सहित लाकुर्नव शहरमा आईतबार साधारण सभा सम्पन्न भएको हो। सभालाई प्रमुख अतिथिको रुपमा फ्रान्स स्थित नेपाली दूताबासका उपनियोग प्रमुख राम बाबु ढकालले सम्बोधन गर्दै शुभकामाना ब्यक्त गरे। गैर आबासीय नेपाली संघले फ्रान्सको नेपाली समुदायलाई लक्षित गर्दै गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै प्रमुख अतिथि ढकालले एनआरएन र दूताबास बीचको सम्बन्ध सधै सुमधुर रहने बिश्वास ब्यक्त गरे।

साधारण सभाबाट संघको प्रगति तथा आर्थिक प्रतिवेदन सर्बसम्मत रुपमा पारित भएको छ। प्रमुख संरक्षक हरिहर अर्यालले संघको विधान र महत्व बारे प्रकाश पारे भने अन्तराष्ट्रिय समन्वय परिषद सदस्य मिन बहादुर जिसीले केन्द्रबाट प्राप्त शुभकामना सन्देशहरू प्रस्तुत गरेका थिए। एनआरएन फ्रान्सका अध्यक्ष भक्त वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव नरेन्द्र शाही ठकुरीले गरे।

कार्यक्रममा फ्रान्स स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने स्थानीय कलाकारहरुले साँस्कृतिक प्रस्तुति समेत राखेका थिए।unnamed-2 unnamed-3