पूर्व मन्त्री धिमिरेको निधन प्रति एनआरएनको शोक बक्तब्य


पूर्व परराष्ट्रमन्त्री एवं गृहमन्त्री तथा नेपाल सरकारका पूर्व मुख्य सचिव श्री माधवप्रसाद घिमिरेको गत असोज ९ गते पृथ्वी राजमार्गको दारेचोकमा भएको सवारी दुर्घटनामा परी बेपत्ता हुनुभएको खवरले गैरआवासीय नेपाली संघलाई स्तब्ध बनाएको छ ।

राष्ट्रसेवकका रुपमा लामो समय ब्यतित गरेर मुख्य सचिवजस्तो गरिमामय पदमा पुग्नुभएका उहाँ परराष्ट्रमन्त्री एवं गृहमन्त्रीजस्तो चुनौतीपूर्ण पदमा रहेर पनि राष्ट्रले सुम्पेको अभिभारा पुरा गर्नुभएका कुशल प्रशासक हुनुहुन्थ्यो । घिमिरेको निधनबाट मुलुक तथा गैरआवासीय नेपाली समुदायले एक अभिभावक र शुभचिन्तक गुमाउनुपरेको छ ।

गैरआवासीय नेपाली संघलाई परराष्ट्र मन्त्रालय अन्र्तगत दर्ता गरेर एनआरएन अभियानलाई संस्थागत गर्ने कार्यमा समेत श्री घिमिरेको महत्वपूर्ण योगदान रहेको हामी यस घडीमा स्मरण गर्न चाहन्छौं । 

दुःखको यस कठिन समयमा स्वर्गीय घिमिरेको शोकसंतप्त परिवारप्रति समबेदना प्रकट गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछौं ।

शेष घले
अध्यक्ष
गैरआवासीय नेपाली संघ
अन्तराष्ट्रिय समन्वय परिषद्
1 अक्टोवर 2016