युरोपमा दुर्घटनाबाट ज्यान गुमाएका युवाको शव नेपाल पठाउँन पहल


बार्सिलोना/ युरोपमा रेल दुर्घटना परी ज्यान गुमाएका एक नेपाली युवाको शव नेपाल पठाउँन एनआरएनले पहल थालेको छ। सिन्धुपालोन्चोक स्थायी घर भई हाल स्लोभाकियामा बस्दै आएका ३९ वर्षीय दावा लामाको (गौतम) को शवलाई नेपाल पठाउँन एनआएनए जर्मनीले पहल थालेको हो। संघका अनुसार केहि दिन अघि सेनेक शहरमा लामाको रेल दुर्घटनामा परि मृत्यु भएको थियो। एनआरएनए जर्मनीका अध्यक्ष नवराज रोस्याराका अनुसार लामाको शव ब्राटिस्लावाको इन्स्ट्च्यिट अफ मेडिसिन अस्पातलमा राखिएको छ।

पिता छिरिङ्ग लामा र माता ठुलिमाया लामाको कोखबाट जन्मिएका दावाको शबलाई नेपाल ल्याईदिन परिवारजनले अपिल गरे पछि एनआरएनएले चासो देखाएको हो । बौद्ध परम्परा अनुसार नेपालमै लामाको अन्त्यष्टी गर्न पाईयोस् भन्ने परिबारको ईच्छा रहेको संघले जनाएको छ। लामाको शवलाई नेपाल पठाउन एनआरएन जर्मनीले सहयोगको अपिल गरे पछि हाल सम्म ५ हजार ८ सय ६ युरो संकलन भएको संघका अध्यक्ष रोस्याराले जनाएका छन्।

सहयोग अभियानमा एनआरएन केन्द्रिय अध्यक्ष डा.शेष घले,प्रमुख संरक्षक जीवा लामिछाने,उपाध्यक्ष कुमार पन्त,संरक्षक दिल गुरुङ,संस्थापक अभियन्ता राम प्रताप थापा लगायत जर्मनी स्थित संघ संस्था तथा नेपाली समुदायले साथ दिएका छन्। यसैबीच लामाको निधन प्रती एनआरएनए जर्मनी गहिरो दु:ख ब्यक्त गरेको छ। शोकाकुल परिवारमा धैर्य धाराणा गर्ने शक्ति मिलोस् भन्दै संघले लामाको निधनमा दु:ख प्रकट गरेको छ।