नेतृत्व गर्ने अबसरलाई गुमाउँनु हुँदैन – एनआरएनए अध्यक्ष घले  


कोपेनहेगन / गैर आबासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष शेष घलेले प्रबासमा रहेको नेपाली समाजलाई नेतृत्व गर्ने अबसर एनआरएनलाई भएकाले यसलाई गुमाउँन नहुने बताएका छन्। गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घलेले यस्तो बताएका हुन्। अध्यक्ष शेष घलले एनआरएनले सहकार्य गर्न नसके त्यसको लाभ अन्य पक्ष उठाउने बताउँदै गैर आबासीयहरुलाई सचेत गराएका छन्।

अध्यक्ष घलेले भने,” एनआरएलाई अन्य संघ संस्थाहरुलाई सपोर्ट गर्दै लिड गर्न सक्ने अबसर आएको छ। करिब १४ बर्ष पार गर्दै गर्दा सँस्थाले यसलाई ठुलो अबसरको रुपमा लिन सक्नु पर्छ। हैन भने फेरि अरुले पनि लिन सक्छ।”

अध्यक्ष घलेले मानवतस्करी बारेमा पछिल्लो क्रममा धेरै नै सुनेको भन्दै यसलाई रोक्न सबै लाग्नु पर्नेमा जोड दिए।  उनले भने,”एउटा नेपालीले अर्को नेपालीलाई धेरै नै दुख दिने गरेको,एजेन्टलाई ठाउँ ठाउँमा रकम बुझाउँदै विदेश आउँने गरेको सुनिएको छ,यसलाई तुरुन्त रोक्नु पर्छ।” यस अघि कतारमा सम्पन्न मध्यपुर्ब सम्मेलनलाई पनि सम्बोधन गर्दै अध्यक्ष घलेले मानतस्करीलाई रोक्नु पर्नेमा जोड दिएका थिए।IMG_9393गैर आबासीय नेपाली संघका सस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले युरोपमा रहेका नेपालीहरुले देशमा सिप र ज्ञान लिएर जानु पर्ने बताएका छन्। डा. महतोले भने,” खाडी मुलुक र मलेशियाबाट नेपालमा पैसा जाने गरेको छ भने अब युरोपवाट देशको बिकासका लागि सीप र ज्ञान लिएर जानु पर्छ।”

एनआरएनएका प्रमुख संरक्षक जीवा लामिछानेले नेपालमा प्रशस्त लगानी गर्ने अवसर रहेको भन्दै गैर आबासीयहरुलाई देश भित्र नै लगानी गर्न आग्रह गरे। गैर आबासीय नेपालीहरुको सामुहिक लगानीबाट २७ मेगावाटको जलविद्युत आयोजना निर्माण भईरहेको जानकारी दिदै पुर्ब अध्यक्ष लामिछानेले लगानी गर्न आह्व्वान गरे।IMG_9247प्रमुख अतिथिको रुपमा डेनमार्क स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत रामकाजी खड्का, नेपाल उद्दोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरार्का,संघका संस्थापक अभियन्ता रामप्रताप थापा,आईएमई गुप्रका अध्यक्ष चन्द्र प्रसाद ढकाल,संघका संरक्षक दिल गुरुङ,उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त,महासचिव डा.बद्री केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी लगायतले बोलेका थिए।

गैरआवासीय नेपाली संघ डेनमार्क राष्ट्रिय समन्वय परिषद् डेनमार्कको आयोजनामा भएको कार्यक्रममा युरोप क्षेत्रका २० देशका करिब २ सय ५० प्रतिनिधिहरुले सहभागिता जनाएका छन्।IMG_9357