चितवन देखि साईप्रसमा आएका नेपालीहरु संगठित


निकोसिया/ रोजगार अध्ययन ,अध्यापन लगायत बिभिन्न उद्देश्य बोकी साइप्रसमा रहेका चितवनवासीहरु संगठित भएका छन्। सामाजिक बिकास र परोपकारी सेवा गर्ने लक्ष्य सहित संगठित हुँदै चितवन सेवा समाज साइप्रस गठन गरेका हुन्।

साइप्रसको निकोसियाको सितापार्कमा चितवन जिल्ला बासिहरुको भेलाले जशमाया पुन घर्तिको संयोजकत्वमा २७ सदस्यीय चितवन सेवा समाज साइप्रसको तदर्थ समिति गठन भएको छ । सदस्य सचिब कविता ढकाल रहेको तदर्थ समितिमा वसन्त पाख्रीन,लक्ष्मी रेग्मी अधिकारी, जयन्ती अधिकारी, दिपक पौडेल , कृपा श्रेष्ठ,कबिता भण्डारी,कमला देबी सुनुवार, शर्मिला बस्नेत, ओम माया तामाङ सदस्यमा चयन भएका छन् ।

यसै गरी जसु पुनमगर घर्ती,मनिषा आचार्य ,ज्याेति भण्डारी, लेख मायां पुन मगर, ईशा लम्साल , शारदा उप्रेती सुवेदी, सुबास प्रसाद सुवेदी,इन्द्र माया कुमाल, सुमीत्रा कुमाल, कल्पना बानिया, अनिता सापकोटा,सरीता घिमिरे ,ज्योति भण्डारी सुनिता थापा,पुनम सुनुवार र निलम सुवेदी राउत पनि तदर्थ समितिको सदस्यमा रहेका छन्।

चितवन सेवा समाज साइप्रस गठनका लागि समाजका  अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार सोमनाथ सापकोटाको पहल गरेका थिए। निकोसियाको सितापार्कमा आयोजित कार्यक्रममा एनआरएनए साइप्रसका आईसीसी सदस्य रन्जित महतो, एनआरएनए साइप्रसका अध्यक्ष सुबास मल्ल लगायतको उपस्थिती रहेको थियो।