जनप्रगतिशील मञ्चले धुर्मुस सुन्तलीलाई बुझायो ३ लाख ७० हजार रुपैयाँ (बिज्ञप्ति)


नेपाली जनप्रगतिशील मञ्च स्पेनले धुर्मुस सुन्तलीलाई स्पेनमा संकलन गरेको ३ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरेको छ।

प्रेस बिज्ञप्ति

राष्ट्र पुननिर्माणमा जुटौ । हाम्रो सानो सहयोगले राष्ट्र पुनर्निमाणको महान अभियानमा एउटा इट्टा थप्न सहयोग पुगोस भन्ने ऊदेश्यले  नेपाली जनप्रगतिशिल मंच स्पेनले बिगत दुई महिना देखि स्पेनमा सहयोग संगलन कार्य गरिरहेको थियो । नेपालको  सिन्धुपाल्चोकको गिरान्चौरमा नेपालका सुप्रसिद्द कलाकार द्वय सिताराम कट्टेल ( धुर्मुस ) र कुन्जना घिमिरे ( सुन्तली ) को अग्रसरतामा धुर्मुस-सुन्तली फाउन्डेसन मार्फत गिरान्चौर एकीकृत बस्ति निर्माणको सहयोगार्थ हामीले सहयोग संकलन गरेका थियौ । हामीले स्पेनमा संकलन गरेको सहयोग रकम ३१०६ यूरो ( ३ लाख ७० हजार रुपयाँ ) धुर्मुस-सुन्तली फाउन्डेसनकि कोषाध्यक्ष श्री कुन्जना घिमिरे ( सुन्तली ) लाई हस्तान्तरण गरिएको सहर्ष जानकारी गराऊन चाहन्छौ ।

हाम्रो अपिललाई  सहर्ष साथ दिनुहुने सम्पुर्ण स्पेन बासी नेपाली दाजु भाई तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्दछौ । यस पुनर्निमाण  कार्यको लागि आफ्नो छोराको पास्नीको रकम सहयोग स्वरुप प्रदान गर्नुहुने बिदुर गौतम / भावना गौतम तथा आफ्नो शुभजन्मदिको अवसरमा सहयोग गर्नुहुने शितल भुर्तेल भुषाल लाई बिशेष आभार प्रकट गर्दछौ । साथै यस सहयोग संकलन कार्यको लागि आ-आफ्नो स्थानबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने पत्रकार, बुद्धिजिबी, समाजसेबिहरु र प्रेरणादयिहरु सबैमा मुरी मुरी अभिनन्दन प्रकट गर्दछौ ।

सहयोगीहरु:-
13735400_10201733113647316_108337167_n 13689429_10201733113727318_1389194181_n 13714422_10201733113687317_1850728599_n 13706078_10201733113607315_109773366_nसम्पूर्ण सहयोगी हातहरुलाई पुनः मुरी मुरी धन्यबाद प्रकट गर्दछौ । यहाँहरुको न्यानो माया र हातेमालो सदैब रहिरहने विश्वास प्रकट गर्दै यस्ता जनमुखी, कल्याणकारी, राष्ट्रनिर्माण सम्बन्धि कार्यक्रमहरुसहित पुनः नेपली जनप्रगतिशिल मंच, स्पेन यहाँहरु समक्ष प्रस्तुत हुने प्रतिबद्दता ब्यक्त गर्दछौ ।

नेपाली जनप्रगतिशिल मंच, स्पेन