रायोको पोष्टमा रियल मड्रिडको १० गोल


ग्यारेथ बेलको चार गोल,बेन्जिमाको ३ र रोनाल्डोको २ गोलको मदतमा रियल मड्रिडले रायो भ्यालिकानोमाथि १०–२ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ। ला लिगा अन्तरगत आइतवार राति रियलको घरेलु मैदान सान्टियागो बर्नबाऊमा भएको खेलमा रियलले रायो भ्यालिकानोमाथि १०–२ गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो।

खेलको तेस्रो मिनेटमै डानिलोको गोलबाट रियलले अग्रता लिएको थियो। तर रियलले सुरुवाती अग्रता सात मिनेट पनि टिकाउन सकेन। खेलको १० औँ मिनेटमा रायो भ्यालिकानोका लागि एन्टोनियोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको दुई मिनेटपछि सान्जेज रिउजले गोल गर्दै भ्यालिकानोलाई २–१ को अग्रता दिलाएका थिए।

खेलको १४ औँ मिनेटमा रोबर्टो रातो कार्ड खाँदै मैदान छोडेपछि भ्यालिकानो दश खेलाडीमा सीमित भयो र खेलमा रियल हावी भयो। रियलका लागि खेलको २५ औँ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि खेलको ३० औँ मिनेटमा रियलले पेनाल्टी पयो र रोनाल्डो त्यसमा चुकेनन्।

यस्तै रियलका लागि खेलको ४१ औँ मिनेटमा बेलले अर्को गोल थपे भने खेलको ४८ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरे। ५३ औँ मिनेटमा रोनाल्डोले अर्को गोल गरे भने ६१ औँ मिनेट गोल गर्दै ह्याटि्रक पुरा गरेका बेलले ७० औँ मिनेट टोलीका लागि आठौँ तथा व्यक्तिगत चौथो गोल गरे भने खेलको ७९ र ९० औँ मिनेटमा गोल गर्दै बेन्जिमाले ह्याटि्रक पूरा गरे।

जितपछि रियल १६ खेलबाट ३३ अंकका साथ तेस्रो स्थानमै छ भने रायो भ्यालिकानो पुछार रेलिगेशन जोनमै कायम छ ।