कवि पित्ताम्वर नेपालीको कबिता “तिहार”


-कवि पित्ताम्वर नेपाली
,,,,,,,,,,,,,,,
अायाे झुल्के घाम सँगै काग कराउँदै ।घर घर तिहारकाे खवर सुनाउँदै
भन्छ काग तिहारकाे सुरुदिन मेरो
पुजागर अाखिरमा छ नि पालाे तिम्रो


फट्याङ्रा र किरा टिपी बाली जाेगाउँदै
वर्षभरी फाेहाेर टिपी अाएँ सेवा गर्दै
मेरो पनि एकदिन अायाे पालाे भन्दै
माीठाेचाेखाे देऊ खान जान्छु रमाउँदै


दाेस्राे दिन कुकुर भन्छ अायाे पालाे मेराे
लगाएर माला अव डुल्छु सेराेफेराे
खानदेऊ मीठोमीठो रमाउँदै खान्छु
खुसीभई सधैभरी तिम्रो ढाेका कुर्छु

म त तिम्रो सम्पत्ति हुँ नबिर्स मलाई
बाँ बाँ गर्दै गाई अाई भन्छ हामीलाई
लक्ष्मी सम्झी पूजा गर माला लगाएर
देऊ खान मीठोमीठो बस्छु रमाएर

हाेक्काँ गर्दै तारेगाेरु अगाडि अाउँछ
जाेत्दाजाेत्दा फुट्याे भनी काँध देखाउँछ
अाऊ तारे थाप काँध तेल घसी दिन्छौं
टीका माला लगाएर मीठो खान दिन्छौं

अाखिरमा अायाे पालाे दिदी र भाइकाे
एक वर्ष पुगिसक्याे भेट नभएको
मीठा मीठा फलफूल अर्सा ,फिनी,सेल
थरिथरी मीठा कुरा गर्दै किनमेल

अाइन् दिदी मखमली फूलको माला लिई
भाइलाई सुहाउने ढाकाटाेपी लिई
सातैरङ्ग वरिपरि मिलाई राखेर
दिन्छिन् दिदी अाशीर्वाद टीका लगाएर

वीरताकाे वृद्धि हाेअाेस भन्छ राताे रङ्ग
मन्मा सुख शान्ति हाेअाेस भन्छ नीलाे रङ्ग
सेताेले त स्वच्छ अनि निर्मलता जान
बढाेस भन्छ पहेंलोले त्याग अनि ज्ञान

उत्साहकाे वृद्धि हाेअाेस भन्छ हरियाेले
अानन्द र प्रेम बढाेस भन्छ सुन्तलाले साैन्दर्यकाे वृद्धि अनि उत्साह उमङ्ग बढिरहाेस भन्छ हेर यो गुलाबी रङ्ग

मैले पनि दिदीलाई टीका लगाउँछु
ढाेगी दिन्छु हृदयकाे श्रद्धा खन्याउँछु
मीठा मीठा खाने कुरा खाँदै रमाउँदै
साथीसँग जान्छु म त द्याैसीभैलाे खेल्दै
१०
घर गाेठ यता उता जताततै हेर
चाेटा काेठा हेर तिमी बाँकी कहाँ छ र ?
बत्ती बाली अँध्यारोमा थपी थपी तेल रमाउँदै बनाउँछाैं हेर झलमल
११

(कवि नेपालका बरिष्ठ साहित्यकार हुनुहुन्छ।उहाँ जनमुखि बहुमुखि क्याम्पस पोखराका पुर्व क्याम्पस प्रमुख पनि हुनुहुन्छ।)