वेष्ट एनआरएन सपिला राजभण्डारी


काठमाण्डौं । ‘नेपालीका लागि नेपाली’ भन्ने भावमा प्रतिबद्ध हुँदै स्वदेश तथा विदेशका नेपालीका निष्ठा सहितको सेवा र समर्पणका लागि रुसबाट सक्रीय भएकी गैर–आवासीय नेपाली अभियन्ता सपिला राजभण्डारीलाई सोलिडारिटी ट्रष्ट नेपालले वेष्ट एनआरएन घोषणा सहित सम्मान गरेको छ ।

हात्तिगौंडा काठमाण्डौंमा स्थायी घर भै रुसको मस्कोबाट गैरआवासीय अभियानमा सक्रीय भएकी सपिलाले कम्प्युटर इन्जिनिरयरिङ तथा व्यापार प्रशासनमा स्नात्तोकर गर्नु भएको छ । रुसको राजधानी मस्कोमा विभिन्न व्यासायिक तथा पेशागत अनुभव बटुलेकी सफिलाले सन् २००६ देखि सन् २००९ सम्म एनआरएनएको रुसको उपाध्यक्ष, सन् २००९ देखि २०१३ सम्मको दुई कार्यकालमा आइसीसी सदस्य र सन् २०१३ देखि अहिलेसम्म अन्र्तराष्ट्रिय समन्वय परिषद् अन्र्तगत महिला संयोजकको जिम्मेवारी पूरा गर्नुभएको छ ।

नेपाल प्रर्वद्धन टाक्स फोर्समा सन् २००७ देखि २०११ सम्म, च्यारिटी ंटाक्स फोर्समा सन् २००९ देखि २०११ सम्म, नेपाल लाइबे्ररी फाण्डेसनमा दुई वर्ष, च्यारिटी टास्काफोर्सको अन्र्तराष्ट्रिय उपसंयोजकमा दुई वर्ष, च्यारिटी टास्क फोर्सको अन्र्तराष्ट्रिय उपसंयोजकमा दुई वर्ष तथा सन् २०१३ देखि उहाँले आङ खस्ने समस्याका महिलाका लागि सहयोग परियोजना अघि बढाउनु भएको छ । नारी निकुञ्ज मस्को, रसिया–नेपाल मैत्री समाज, मित्रकुंज तथा नेपाल हाउस निर्माण परियोजना रसियासँग उहाँँले सम्बन्धित भइ महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको छ ।

sapila raj bhandariगैरआवासीय नेपाली संघमा आवद्ध भएर अन्य नेपाली संघ संस्थामार्फत सक्रीय भएर वा स्वतन्त्र रुपले नै किन नहोस दुःख, कष्ट, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरुको एकताका लागि सक्रीय भूमिका निर्वाह गर्ने, देशको इज्जत एवं गौरव बढाउने तथा किर्तिमानी कायम गर्ने, पर्यटन प्रवद्र्धनका लागि अगुवाइ गर्ने, नेपाली उत्पादनको अन्र्तराष्ट्रिय तवरबाट प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक रुपान्तरणका लागि बौद्धिक र प्राविधिक लगानी जुटाउने तथा नेपाल र नेपालीको निष्ठापूर्वक सेवा गर्ने व्यक्ति छनौट गर्ने क्रममा यो बर्ष सपिला राजभण्डारीलाई ‘वेष्ट एनआरएन’ घोषणा गरिएको आयोजकले जनाएको छ। यस अगाडी सन् २०१२ मा हिक्मत थापा (नाईजेरिया) र सन् २०१३ को लागि धरम केसी (साउदी अरव) उत्कृष्ट बनेका थिए।

‘वेष्ट एनआरएन’ घोषणा हुनुभएकोमा सपिला राजभण्डारीलाई बधाइ हार्दिक बधाइ दिंदै कार्यक्रमका प्रमुख अतिथी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको आर्थिक विकासमा सबै एनआरएन लागि पर्नुपर्ने बताउँदै लगानीका लागि बाटो खुलाईदिएकोले लगानी गर्न अनुरोध सहित उहाँले ५० मेगावाटको विद्यतु परियोजना काठमाण्डौंमै सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सांसद् अर्जुन जोशी,एनेकपा माओवादीका युवा नेता युवराज चौलागाईं, गैरआवासीय नेपाली संघका संस्थापक तथा संरक्षक भीम उदास, निर्वतमान अध्यक्ष जिवा लामिछाने, ‘अष्ट ज अभियान नेपाल’ का अध्यक्ष लोककृष्ण भट्टराई, सोलिडारिटी ट्रष्टका सल्लाहकार हिरण्यलाल श्रेष्ठ लगायतका व्यक्तिहरुले राजभण्डारीलाई बधाइ तथा शुभकामना दिनुभएको थियो ।

वेष्ट एनआरएन सपिला राजभण्डारीले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गैरआवासीय अभियन्ताहरुको ठूलो उपस्थिती रहेको थियो ।