पोर्चुगलमा दुताबासको माग राख्दै काठमाडौमा अन्तरक्रिया सम्पन्न


काठमाडौ/ दशौ हजार भन्दा बढी नेपालीहरु बसोबास गर्ने ठानिएको पोर्चुगलमा नेपाली राजदुताबासको माग गर्दै एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। एनआरएनको सातौ अधिबेशनमा भाग लिन काठमाडौ पुगेका गैर आबासीयहरु बीच पोर्चुगलका समस्याहरुलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

दिन प्रति दिन पेपर(रेसीड़ेंन्सी कार्ड) बनाउने लोभमा युरोप छिरेका नेपालीहरु पोर्चुगलमा नै थपिदै गरेको बेला समस्याहरु दिन प्रतिदिन चुलिदै गएको भन्दै सरोकारवलाहरु चिन्ता ब्यक्त गरेका छन्। खेतीको काम देखि अन्य कामहरु पनि दुख भोग्दै आएका पोर्चुगलका नेपालीहरुलाई राजदुताबासको अभावमा पासपोर्ट बनाउन देखि लिएर अन्य कागजी काममा पनि झन्झट व्यहोर्दै आउनु परेको हो।

नेपालीहरूको समस्या समाधानमात्र नभई नेपाल र पोर्चुगलको सम्बन्ध विकाश, ब्यापार बिस्तार, कुटनितिक पहलका लागि पनि दुवै तर्फ दुताबास हुनु पर्नेमा बक्ताहरुले जोड दिएका छन्।

12063537_1262361673780341_6395934215299798452_nफ्रान्सका लागि नेपाली पुर्ब राजदुत मोहोन कृष्ण श्रेष्ठ,पोर्चुगलका लागि नेपाली अवैधानिक वाणिज्य दुत मकर हमाल, नेपालका लागि पोर्चुगलका अवैधानिक वाणिज्य दुत राजेन्द्र खेतान, गैरआबासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट,युरोप उप संयोजक सोम सापकोटा, पुर्ब आईसीसी सदस्य पूर्ण हमाल,,एनआरएन पोर्चुगलका अध्यक्ष भिम केसी कमल,रमेश कुमार गुरुङ लगायत बिभिन्न देशहरुबाट पुगेका एनआरएन अभियन्ताहरु अन्तरक्रियामा सहभागी भए।

अबैतानिक बाणिज्य दुत खेतानले सोमबार काठमाडौमा आयोजना गरेको रात्री भोज सहित अन्तरक्रिया कार्यक्रममा पोर्चुगल स्थित नेपाली संघ सस्थाका प्रतिनिधिहरु पनि सहभागी थिए।

12079531_187940671540615_2993785123732675605_n

12118897_187940744873941_6395838935849419387_n12106780_187941614873854_8531284188927008043_n