जनसम्पर्क समिति स्पेनद्वारा दिपावली गर्दै नयाँ संबिधानको स्वागत


बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनले देशमा नयाँ संबिधान जारी भएको उपलक्ष्यमा दिपावली गर्दै स्वागत गरेको छ। राष्ट्रपति डा. रामवरण यादवले ‘नेपालको संविधान-२०७२’लाई विशेष समारोहबीच जारी गरे पछि समितिले बार्सिलोनामा दिपावली गरेको हो।

कार्यक्रममा भुत पूर्व अध्यक्ष पुष्प राज भण्डारी,पुर्ब अध्यक्ष एक राज गिरी, निबर्तमान अध्यक्ष चिन्तामणि सापकोटा लगायतले देशमा संबिधान जारी भएकोमा खुसी ब्यक्त गर्दै मुलुकको सम्बृद्धि र प्रगतिको कामना गरेका थिए।

नेपाली जनताले २००७ सालदेखी आफ्ना जनप्रतिनिधीहरु मार्फत संबिधान आँफै बनाउन अनवरत गरेको संघर्ष, पटक पटक को राजनीतिक आन्दोलन र नेपाली सपुतहरुले गरेको बलिदानको परिणाम स्वरुप यही नयाँ संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान घोषणा भएको भन्दै उपस्थित सबैले दिप प्रज्ववलन गरे।

समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यबाहक महामन्त्री प्रकाश भट्टराईले गरेका थिए।

12027568_882157145173017_7648108430639610907_n 12033020_882157998506265_7063710448164244905_n11052882_882158955172836_4386429372977429049_n