प्रवासी नेपाली मन्चको ग्रिल कार्यक्रम सम्पन्न


भलिबल तथा फुटबलका खेलाडीहरुप्रति समर्पित ।

कोपनहेगन । प्रवासी नेपाली मन्च डेनमार्कले आयोजना गरेको ग्रील कार्यक्रम सम्पन्न भएको छ । भर्खरै सम्पन्न नेपाली नेपाली बीचको ‘भलिबल तथा फुटबल खेलाडीहरुप्रति समर्पित’ भनेर आयोजना गरिएको सो कार्यक्रममा प्रतिकुल मौषम भए पनि उल्लेख्य उल्लेख्य उपस्थित रहेको थियो ।

Screen Shot 2015-07-25 at 22.25.12
शुरुमा आमाअरब्रोको समुन्द्री किनारमा गर्ने तय भए पनि अचानक मौषम प्रतिकुल भइ वर्षा हुने देखिएपछि स्थल सारिएको थियो । बिहान सबै सामान लिएर पुर्वनिर्धारित आमाअरब्रोको समुन्द्री किनारमा गइसकेर तयारी गर्दा गर्दै वर्षात हुने निश्चित भएपछि स्थान सारिएको प्रवासी नेपाली मंच डेनमार्कका उपाध्यक्ष बिष्णु पौडेलले बताए ।

Screen Shot 2015-07-25 at 22.25.23
पुर्वनिर्धारीत स्थलमा ग्रिल कार्यक्रम असम्भव देखिए पछि बिहानै देखि प्रवासी नेपाली मंचका पुर्वअध्यक्ष घनश्याम गौतम, लगायत हालका महासचिव दिपक पाण्डे, सचिव शुशिल घिमिरे लगायतले उपयुक्त स्थल खोजि गरि हुल्गार्ड्स प्लाड्स नजिकैको पार्कमा कार्यक्रम सम्पन्न गर्नेगरि स्थल छनौट भएको थियो ।

Screen Shot 2015-07-25 at 22.25.33
कार्यक्रम तय भैसकेपछि अचानक मौषमले साथ् नदिए पनि कार्यक्रम उल्लासका साथ् सम्पन्न भएको थियो । कार्यक्रमको उद्धेश्य भर्खरै सम्पन्न भलिवल तथा फुटबलका खेलाडीहरुप्रति समर्पित हुनुका साथै समय समयमा नेपालीहरुलाई जमघट गराई आपसी सम्बन्ध मजबुत बनाउनु रहेको प्रवासी मंच डेनमार्कका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए ।

Screen Shot 2015-07-25 at 22.25.45
कार्यक्रममा विविध खेल फुटबलसंग सम्बन्धित क्रस बार छुने, घैंटो फुटाल्ने, तथा बालबालिकाहरुको लागि दौड प्रतियोगीता आयोजना गरिएको थियो । खेलमा विजयी सबैलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

ग्रिल कार्यक्रमलाइ अझै रौनक बनाउन कृष्ण सुवेदी, गणेश शर्मा, लोक राज शर्मा, सोम गुरुङ्ग सहितको टोलिले खैंजडी, मुजुरा, मादल सहित भजन चुट्का गाएर कार्यक्रममा थप रौनकता प्रदान गरेको थियो ।

Screen Shot 2015-07-25 at 22.32.48
ग्रील कार्यक्रम सफल बनाउन अमृत थापा, प्रकाश श्रेष्ठ, इन्द्र सुवेदी, राजमान तामाङ्ग, दिपक पाण्डे, शुशिल घिमिरे, दिपेन्द्र सुवेदी, मोहन खरल, कमल गुरुङ, कन्चन देवकोटा, हरि न्यौपाने, रमेश घिमिरे, सागर कोइराला लगायतका महानुभावहरुले सहयोग गरेका थिए । उद्घोषण कार्यमा प्रभात किरणले सहयोग गरेका थिए र सबै खेल कार्यक्रम संचालन गर्न सक्रिय भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा पेय पदार्थ बिक्रि वितरण नमस्ते नेपाल रेस्टुरेन्टले गरेको थियो र खर्च कटाएर बचेको पैसाले भुकम्प पिडितहरुको सहयोगार्थ जस्ता पाता किन्नको लागि सहयोग गर्ने रेस्टुरेन्ट संचालक बबी क्षत्रीले बताए ।