एनआरएन जर्मनीको पाँचौ बार्षिक साधारण भेला सम्पन्न


जर्मनी / गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको पाँचौ बार्षिक साधारण भेला सम्पन्न भएको छ। जर्मनीको प्रमुख शहर ह्याम्बुर्गमा एनआरएनका अभिन्यताहरुको बिशेष उपस्थितिमा भेला सम्पन्न भएको हो।

एनआरएनको आगामी अक्टोबरमा हुने बिश्व सम्मेलन अगाबै सम्पन्न गर्ने गरि बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुमा अधिबेशन चलिरहेका बेला जर्मनीमा भेला सम्पन्न भएको छ। अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकार एबम एनआरएन जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङको प्रमुख आतिथ्यता एबं युरोप सह-संयोजक सोम सापकोटाको विशेष आतिथ्यतामा भेला सम्पन्न भएको थियो।

प्रमुख अतिथि गुरुङले भेलालाई सम्बोधन गर्दै एनआरएनको आगामी नेतृत्व राजनैतीक वा जातिय भागबण्डा आधारमा नभई एनआरएनएमा सकृयाताका आधारमा गठन गर्नु पर्नेमा जोड दिए।  यस्तै बिशेष अतिथि सोम सापकोटाले आगामी अक्टोबरमा हुने बिश्व सम्मेलनमा जर्मनीबाट हुने प्रतिनिधित्वले महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरे।

राष्ट्रिय समन्वय परिषदका अध्यक्ष हरेन्द्र वनेमको अध्यक्षतामा सम्पन्न भेलामा एनआरएन आइसीसी सदस्य दावा शेर्पा, निवर्तमान आइसीसी सदस्य सन्तोष भट्ट्राराई, एनआरएन जर्मनीका प्रमुख संरक्षक पुष्प थापा, बिशेष संरक्षक बिजय मोक्तान, संरक्षक रण बहादुर बि०क०,लगायत जर्मन स्थित संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।