दोस्रो जेएसएस कपमा देखिएका केहि रोचक दृश्य तथा तथ्यहरु


प्रकाश ढकाल ।

कोपनहेगन । यसपटकको दोस्रो जेएसएस कप प्रतियोगीतामा केहि कुराहरु निकै रोचक देखिएका छन् । प्रतियोगीता भव्य सफल रहेकोमा कुनै शंका नै रहेन । विगतको वर्षभन्दा धेरै पृथक र धेरै व्यवस्थित रह्यो यो वर्ष । यस वर्ष कमी कमजोरी नभएका हैनन् तर पनि समग्रमा खेल प्रतोयोगीता निकै भव्य रहे पनि जनसम्पर्क समिति डेनमार्कले परिकल्पना गरी जस्तो सभ्य भने हुन नसकेको धेरैको गुनासो रह्यो । यहाँ उल्लेख गर्न लागिएका दृश्यका कुराहरुलाई यस लेखकले दश जना व्यक्ती हरुको राय र सुझावको आधारमा निकालेको निष्कर्ष हो । जहाँ खेल भएको प्रत्येक मैदानमा २-२ जना गरी ४ जना अनि आयोजकको मंचमा २ जना र बाँकी दर्शक दिर्घाबाट ४ जना गरी १० जनाबाट आएको कुराहरु यहाँ उल्लेख गर्न लागीएको छ  र ती दश जनालाई यसको लेखकले पलपलमा संयोजन पनि गरेको थियो ।

  • आयोजकले खेल हुनुभन्दा अगाडी दर्ता भएका टिमका क्याप्टेन र मेनेजर सहितको पत्रकार भेटघाटको आयोजना गरेको थियो जहाँ धेरै टिमका खेलाडी पनि सहभागी थिए । त्यहाँ आयोजक जनसम्पर्क समितिका सबै पदाधीकारीहरु थिए र सोहि कार्यक्रममा खेल संयोजक कृष्ण गिरिले खेल प्रतियोगीता लिग चरण अन्तर्गत खेलाइने बताए पछि माहौल अर्कै बनेको थियो ।
  • लिग खेल खेलाउनु पर्छ र दुइ दिनमै सबै खेल यसरी सकिन्छ भनेर जनसम्पर्कका एक जना सल्लाहाकारले सुझाव दिएका थिए रे । नत्र खेल चार टिमलाइ वाई दिएर नकाउट खेलाइने योजना थियो ।
  • लिग खेल खेलाइने भएपछी सबै खेलाडी खुशी देखिएका थिए ।
  •  खेल आयोजना हुने दिन बिहानै देखि जनसम्पर्कका अध्यक्ष नवराज आचार्य सहित तारिणी जोशी, रमेश घिमिरे, दिपक रिजाल, त्रिलोचन सापकोटा, कुल राज सापकोटा, रमेश काफ्ले  लगायतको टोलि टेन्ट र मंच व्यवस्थापनमा खटिएको थियो ।
  •  दुइ खेल मैदानको छनौट मैदानको विश्लेषण गरेर र दर्शक तथा त्यहाँ राखिने पसल स्टलहरुको सुविधालाइ नजर गरेर गरिएको थियो जुन निकै प्राभावकारी रह्यो ।
  • प्रतियोगिताका पुरै १२ खेलमा चार जना सबै विदेशी रेफ्रीहरुले खेल खेलाए । पुरै विदेशी मात्र राख्ने निर्णय निकै दुरदर्शी रह्यो । यसको कारण गतवर्षका नेपाली रेफ्रीहरु विवादित बन्नु रहेको थियो । गतवर्ष फाइनल खेल मात्र विदेशी रेफ्रीले खेलाएका थिए ।
  • साइन हुसेन नाम गरेका रेफ्रीले सबैको प्रशंशा पाए । उनले कुनै विवादास्पद निर्णय लिएनन ।
  • ग्रुप अफ डेथ भनेर ग्रुप ‘डी’ रह्यो जसमा रेक्टर स्केल लो, युनिटी क्लब र ड्रुक ड्रागन रहेका थिए । रेक्टर स्केलमा लो मा राम्रा नेपाली खेलाडीहरु थिए भने ड्रुक ड्रागन पुरै भर्खरका युवा खेलाडीहरुको टिम थियो र उनीहरु सबै भुटानी थिए र युनिटीको टिममा पांच जना युवा खेलाडीहरु भुटानी रहेका थिए । अझै रोचक पक्ष ड्रुक ड्रागन टिम कस्तो छ भनेर कसैलाई थाहा सम्म थिएन र एक जना खेलाडी पनि कसैले देख्न पाएका थिएनन र उनीहरु एकैपटक मैदानमा देखिए । उनीहरु प्रतोयोगीतामा भाग लिन २५० किमि टाढाबाट आएका  थिए ।
  • रेक्टर स्केल लो र ड्रुक ड्रागन ( भुटानीहरुको टिम ) बीच खेल हुँदा रेक्टर स्केलका खेलाडीलाई फाउल हानेर लडाउँदा लडेका खेलाडी उठेर रेफ्रीसंग अपिल गर्दा रेफ्रीले भने ”यो फ्रेन्डशिप म्याच हैन र ? नेपाली नेपाली बीचको खेल फ्रेन्डशिप म्याच होला भनेर नै  मैले खास ध्यान नदिएको हो नि” रेफ्रीले नेपाली नेपाली बिच भए पनि कपको लागि प्रतियोगीता खेलेको उनले भेउ नै पाएनछन । यसमा रेफ्रीलाइ आयोजकले राम्रोसंग बुझाउन नसकेको देखियो । तिनै फाउल हान्ने खेलाडीले फाउल हाने लगत्तै एक्लै बल लगेर विपक्षीलाइ गोल गर्न सफल पनि भए ।
  • आयोजकले मनोमानी ढंगले ग्रुपका लिग खेल खेलाएको थियो । ए, बी, सी, डी ग्रुप भैसकेपछि सिरियल रुपमा ए पछि बी अनि सी पहिला खेल्नु पर्नेमा डी ग्रुपको खेल पहिला खेलाइएको थियो । आयोजकको टिमको सहजताको लागि त्यसो गरेको भनेर धेरैले आरोप लगाउने ठाउँ पाएका थिए ।
  • खेल मैदान दुइतिर भएकोले एकतिर मात्र दर्शकको भिड थियो र सबै टिम दर्शक बढी भएको मैदानमा खेल्न चाहन्थे । यस्तो अवस्थामा मैदानको छनौट गर्न पनि आयोजकले ड्र गर्नु पर्नेमा त्यो गराइएको थिएन ।
  • आयोजकको टिम जेएसएस ट्री र बेल्लाहोए क्लासिक रेड टिमबीच लिग खेल हुँदा जेएसएसका गोलकिपरले विपक्षीले हानेको बल भुइँमा नराखी प्रहार गरे लगत्तै जेएसएस का खेलाडीले बल लगेर गोल गरे । बल हानुन्जेल केहि प्रतिक्रिया नभएको तर जब गोल भयो तब विपक्षी टिमका खेलाडी सबै उफ्रंदै रेफ्रीमाथि नियम विपरीत भयो गोलकिपरले भुइँमा राखेर मात्र बल हान्नु पर्छ भन्दै कराउंदै जाँदा रेफ्री अक्क न वक्क बनेका थिए । तर त्यहि नियम अन्तर्गत अरु रेफ्रीले अर्को मैदानमा भने खेल खेलाई रहंदा केहि भएको थिएन । पछि रेफ्रीले आँफुलाई यो नियम बारे आयोजकले नबताएको भनेर उनले गोल दिएनन जसबाट जेएसएस ट्री टिम निकै क्रुद्ध बनेको थियो र एकछिन खेल संचालनमा कठिनाइ भएको थियो । यसले खेलको नियममा एकरुपता ल्याउन र रेफ्रीहरुलाई नियमहरुको राम्रोसंग ब्रिफिङ्ग आवश्यक देखिएको जनाउंछ ।
  • लिग चरण र सेमी फाइनलमा उत्कृष्ट गोलकिपर पासा पुचाका किपर अनन्त महर्जन र रेक्टर स्केल हाइका प्रदिप सुवेदी रहे । महर्जन त रोक्दा रोक्दा थाकेका देखिन्थे र धेरै दर्शकले उनलाई उत्कृष्ट गोलकिपरको उपाधी दिनु पर्ने बताएका थिए । सुवेदीले पनि विपक्षीका धेरै प्रहारलाइ विफल बनाएका थिए । तर उत्कृष्ट गोलकिपर फाइनलमा पेनाल्टी रोक्न सफल केवल गिरिले पाए ।
  • फाइनलमा युनिटी र हिमालयन स्पोर्ट्स दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए ।
  • युनिटीका एक खेलाडी फाइनल खेलमा घाइते भएपछी उनलाई ‘फस्ट एड’ को सामाग्री दिइएको थियो तर त्यसमा पर्याप्त सामग्री नभएर हो वा प्रयोग गर्न नजानेर हो घाइतेको रगत थाम्मिन समय लागेको थियो ।
  • फाइनल खेलमा हिमालयन स्पोर्टसका प्रशान्त श्रेष्ठले उत्कृष्ट रक्षकको भूमिका निर्वाह गरे भने स्ट्राइकरको रुपमा छेरेन तामाङ्गले राम्रो खेल खेले । फाइनल खेलमा युनिटी क्लबको रणनीति बनाउनेमा उक्त क्लबका खेलाडी सागर के.सी. रहेका थिए ।
  • फाइनल खेल पेनाल्टी शुट आउटमा गएको थियो र निर्णायक गोल प्रगुन भण्डारीले गरेका थिए ।
  • तीन जना खेलाडीले बराबर गोल गरेर बेस्ट स्कोररको उपाधीको लागि दावी प्रश्तुत गरे पछि आयोजकलाइ पुरस्कार व्यवस्था गर्न अलि असहज बनेको देखिन्थ्यो र एक टिमका ( नाम उल्लेख नगरिएको )  मेनेजर र सम्बन्धीत व्यक्तिले खेल संयोजक कृष्ण गिरिलाई छुट्टै मंचको छेउमा बोलाइ आफ्नो टिमको खेलाडीलाई मात्र सो उपाधी दिन दवाव दिएका थिए तर गिरिले चलाखी पुर्वक तीनै जना खेलाडीहरुलाई उचित पुरस्कारको प्रवन्ध तुरुन्तै गरेका थिए ।
  • पुरस्कार वितरण समारोहमा भाषण भएन जसको सबैले प्रशंशा गरे । आएका अथिति दुइ जनाले मात्र बोले त्यो पनि निकै छोटो ।
  • पुरस्कार वितरण समारोह भइरहंदा प्रथम दोस्रो र तेस्रो हुने टिमका खेलाडीहरु जर्सीमै थिए र कतिपयले चुरोट हातमा लिंदै गरेको दृश्य निकै नै असहज देखिएको थियो ।
  • यस पटकको प्रतियोगीतामा एक जना मुख्य रक्षकले एक्लै लगेर गोल गरे ती थिए बेल्लाहोए क्लासिक रेडका बिकी श्रेष्ठ ।
  • खेलको उत्कृष्ट टिम मेनेजर आयोजक जेएसएस ट्रीका रमेश काफ्ले भए ।
  • आयोजक जेएसएस फोर स्टार टिमका क्याप्टेन नविन पौडेल मुख्य रक्षक रहेका थिए र  उनी सम्भवत सबैभन्दा जेठा खेलाडी पनि हुन् र लिग चरणमा उनले निकै दमदार खेल खेलेका थिए ।
  • यस पटकको प्रतियोगीतामा कसैले पनि खेल्छ भनेर नसोचेको एक नयाँ खेलाडीले निकै अनुशाशित र उत्कृष्ट खेल खेले । उनी थिए बेल्लाहोए क्लासिक रेड टिमका जीवन खड्का । देब्रे शुट प्रहार गर्ने खड्का धेरै गोल गर्ने खेलाडी पनि हुन् उनले कुल छ गोल गरेका थिए । उनि यो प्रतोयोगीतामा विल्कुलै नयाँ पनि हुन् । उनले निकै अनुशाशित खेल खेलेको भनेर धेरैले प्रशंशा गरेका थिए । दर्शकको नजरमा उनी परेका थिए ।
  • कुमार लामा एक्लैले व्यक्तिगत रुपमा खेल प्रतियोगीताको लागि आयोजकलाइ २५०० डेनिस क्रोनर सहयोग गरेका थिए ।
  • यसपटक प्रायोजकहरु पनि निकै सन्तुष्ट देखिएका थिए । प्रथम पुरस्कारको प्रायोजक स्टप एन सपका संचालक प्रविन प्रजापती, दोस्रो पुरस्कार नमस्ते रेस्टुरेन्टका संचालक बबी क्षत्री, तेस्रो पुरस्कार हिमालयन रेस्टुरेन्टका संचालक राम महर्जनले गरेका थिए भने सनसाइन बेकरीका संचालक विजय अधिकारीले पनि आयोजकलाई धेरै सहयोग गरेका थिए ।
  •  समग्रमा खेल संचालनमा रेफ्रीहरु, खेल संयोजक कृष्ण गिरि, अफिसियलहरु शिव बोगटी, राजमान तामाङ्ग लगायतहरु धेरै खटेका थिए । जनसम्पर्क समितिका अध्यक्ष नवराज आचार्य रातदिन लागेका थिए, त्यसैगरी तारिणी जोशी, रमेश काफ्ले, बुद्धि सापकोटा, दिपक रिजाल, जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष रामचन्द्र पाठक, मुक्तिराम चापागाईं, गिरि राज कंडेल लगायतका व्यक्तीहरु प्रतियोगीता सफल बनाउन लागि परेका थिए । समग्रमा सबैको सहयोग र सहकार्यले खेल संचालनमा सहजता ल्याएको थियो ।
  •  यी उल्लेखित कुराहरु आयोजक तथा सबैको लागि मननयोग्य होला या नहोला र कमि कमजोरी रहे पनि त्यसलाई सच्चाउदै आगामी वर्षका प्रतियोगीताहरु लाई अझ सहज बनाउन सबैको लागि प्रेरणा बन्न सकोस भन्ने हेतुले यी उल्लेखित तथ्यहरु यहाँ प्रश्तुत गरिएको हो । लेखकको कुनै आग्रह र पूर्वाग्रह नरहेको स्पष्ट पार्न चाहन्छु ।

तपाईको प्रतिक्रिया