नेपाली कलाकारहरुले आज रोयल अल्बर्ट हलमा ईतिहास रच्दै


लण्डन/
बेलायतको विश्व प्रसिद्ध रोयल अल्बर्ट हलमा नेपाली कलाकारहरुले पहिलो पटक आज नेपाली सांगीतिक कार्यक्रम प्रस्तुत गर्दै ईतिहास रच्ने भएका छन्।
हेल्प नेपाल नेटवोर्क युकेको आयोजनामा भूकम्प पिडित सहयोगार्थ विश्व प्रसिद्ध हलमा कार्यक्रम हुन लागेको हो।

एन इभिनिङ फर गोरखा, च्यारिटी फर दि अर्थ क्वेक भिक्टिम्स् अफ नेपाल’ नाम दिइएको उक्त कन्सर्र्टमा नेपाली संगीत क्षेत्रका हस्तीहरु दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दिपक थापामगर, जेम्स् प्रधान, सुजिल कर्माचार्य, तृष्णा गुरुङ लगायतको प्रस्तुति रहने भएको छ।

कार्यक्रममा बेलायतबासी नेपालीहरु लगायत युरोप क्षेत्रबाट नै नेपालीहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी हुन कलाकारको जम्बो टोलि शनिबार नै लण्डन आईपुगेको छ।

11123042_1176669622358656_895518971_n-700x467हिथ्रो विमानस्थलमा नेपाली कलाकारको टोलि, तस्बिर:- रेडियो राईनो