पाँच बुँदे घोषणा पत्र जारी गर्दै वान को पश्चिमाञ्चल क्षेत्रीय सम्मेलन सम्पन्न


– राजाराम पौडेल, पोखरा ।

पाँच बुदे घोषण पत्र जारी गर्दै स्वतन्त्र रेडियोहरुको छाता संगठन बोडकास्टिङ एशोसिएसन अफ नेपाल (वान)को पश्चिमाञ्चल क्षेत्रीय सम्मेलन  पोखरामा  सम्मन्न भएको छ ।

सम्मेलनले भुकम्पबाट क्षतीग्रस्त भएका रेडियोहरुको लागि उचित राहत एवं पुनस्थापनाका लागि सरकारसँग माग गर्ने गदै यस वर्षको रेडियो नविकरणमा लाग्ने सम्पूर्ण शुल्कहरु मिनाहा गर्ने समेत माग गरेको छ  ।

यसै गरी दलिय सहमतिको आधारमा संविधान निर्माणको प्रक्रिया अगाडी बढेको बेलामा राजनितिक सहमति निरन्तररुपमा अगाडी बढी यथाशिघ्र संविधान निमार्णका लागि अग्रिम शुभकामना व्यक्त गरेको छ ।

घोाषणा पत्रमा  रेडियो संचालनका लागि राज्यले समुचित निति लिन नसक्दा रेडियोको संख्या वृद्धि हुने तर त्यसलाई दिगोपन दिनको लागि कठिनाई हुने देखिएकोले समय सापेक्ष प्रशारण निति परिमार्जन गर्न माग गरेको छ ।

त्यसै गरी भुकम्पले नेपालको पर्यटन व्यवसाय लगायत विभिन्न व्यवसाय प्रभावित भएकाले यसलाई सहज बनाउनका लागि देशभर रहेका रेडियो लगायत आम संचारमाध्यमले नेपालका पर्यटकीय क्षेत्रहरु सुरक्षित रहेको सन्देश प्रवाह गर्ने र अन्य संचारमाध्यममा पनि पहल गर्ने निर्णय गरेको छ  ।

रेडियोको व्यवस्थापन, प्राविधिक पक्ष, आन्तरिक समस्या,  र रेडियोमा काम गर्ने कर्मचारी एवं संचारकर्मीहरुको वृद्धिविकासका लागि संस्थागत पहल अगाडी बढाउने निर्णय गरेको छ ।

सो सम्मेलने रेडियो बाराहीका रमेश पौडेलको संयोजकत्वमा ११ सदस्यीय समति गठन गरको छ । सो समतिको सह संयोजकमा युनिक एफ.एमका जगदिश भट्टराई, सचिवमा रेडियो जननीका हिरा भट्टराई तथा सदस्यहरुमा रेडियो बन्दीपुरका विजय कुमार कार्की, रेडियो मातृभुमिका राजेन्द्र न्यौपाने,नेश्नल एफ.एमका रोशन कोइराला,रेडियो रिपव्लीका उषाकिरण पन्थ,सयपत्री एफ.एमका नविन खड्का, धौलागीरी एफ.एमका रामकृष्ण शर्मा र सामथ्र्य एफ.एमका सागर पोखरेल रहेका छन् ।

बाँकी दुइजना सदस्या समितिले पछि मनोनयन गर्ने छ । यस अगाडी सम्मेलनको उद्घाटन गदै  क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले पछिल्लो समय रेडियोको प्रभावकारीता झन बड्दै गएरहेको हुँदा रेडियोहरुको संस्थाग र गुणस्तरीयता बडाउदै लैजान सक्नु पर्ने बताए ।

रेडियोले सरकार र जनता विचको पुलको काम गर्नुका साथै पहरेदारी र खवरदायी गरेको उल्लेख गर्दै  व्यवसायीक रेडियो र सामुदायीक रेडियोहरु विचमा केहि फरक नभएको र सरकारको तर्फबाट कुनै पनि विभेद हुन नदिने जानकारी दिए।

सोहि कार्यक्रममा बोल्दै ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल वानका संस्थापक तथा सल्लाहाकार शिव मल्ले रेडियोहरुलाई सरकारबाट राम्रो सहयोग नभएको बताए । कार्यक्रमा कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले रेडियोहरुले नकरात्मक भन्दा पनि सकारात्मक समाचारहरुलाई बढि प्राथमिकता दिनु पर्ने मा जोड दिए।

साथै संस्थाका केन्दीय अध्यक्ष गोपाल कुमार झा ले रेडियोहरु विचमा भइरहेका विभेद तत्काल अन्त्य हुने पर्ने बताउदै पोखराको पर्यटन प्रवद्धनको लागि  महत्वपुर्ण भुमिका खेल्न तयार रहेको बताए।

कार्यक्रममा संस्थापक सल्लाहाकार विश्वशंकर पालिखे पोखराको पर्यटन प्रवद्धनमा वान सँग आवद्ध रेडियोहरुले सहयोग गर्ने भनाइ राखे ।  सोहि कार्यक्रममा बोल्दै संस्थाका कोषाध्यक्ष उज्वल चौलागाइले  भुकम्प पछि रेडियोले खेलेको भुमिका र जनतामा रेडियोको भुमिका प्रष्ट भएको हुँदा रेडियोको विकासमा सरकारी तवरबाट पनि प्रभावकारी भुमिका खेल्नु पर्ने मा जोड दिए ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, पर्यटन व्यवसायी बासु त्रिपाठी,गोविन्द पहारी,पोमनारायण श्रेष्ठ र नागरिक समाजका रामबहादुर पौडेल सो अबसरमा संस्था स्थापनाको लागि महत्पुर्ण भुमिका खेल्ने संस्थापक रेडियोहरु अन्नपुर्ण एफ.एम, पोखरा एफ.एम र माछापुच्छ«े एफ.एमलाई सम्मान गरिएको थियो ।
संस्थाका पश्चिमाञ्चल संयोजक रमेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पोखरा एफ.एम उत्तममान बुद्धाचार्य र सञ्चालन सचिव दुर्गा अधिकारीले गर्नु भएको छ । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रका करिव ४० रेडियोहरुको सहभागिता रहेको थियो ।

देशभर सात सयभन्दा बढि रेडियो एफ.एम. दर्ता भए पनि ५ सय वटा मात्र संञ्चालनमा आएको देखिन्छ । सोमध्ये १ सय ६३ वटा रेडियोहरु वानका सदस्य रहेका छन् भने पश्मिाञ्चलमा ४० वटा रेडियोहरु छन्