एनआरएन युरो कप फुटबल आज देखि स्विजरल्याण्डमा हुँदै


स्पेन/जुन २७

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्विजरल्याण्ड एबं स्विसबासी नेपालीहरुको आयोजनामा हुने “एनआरएनए युरो कप” फुटबल प्रतियोगिताले आज देखि शुरु हुँदै छ । दुई दिन सम्म चल्ने प्रतियोगितामा ११ मुलुकहरूबाट १६ टिमका खेलाडीहरुले सहभागिता जनाउँदै छन्।

स्विजरल्याण्डको आराउमा हुने प्रतियोगितामा युरोपमा ब्यबसायिक फुटबल खेलीसकेका खेलाडीहरु पनि सहभागी हुने अपेक्षा गरिएको छ।

प्रतियोगितामा बेल्जियमबाट सर्बाधिक ५, जर्मनीका २ र स्पेन,ईटली,फिनल्याण्ड,पोर्चुगल,नेदरल्याण्ड,लक्जम्बर्ग,डेनमार्क,नर्बे र स्विजरल्याण्डबाट गरि एक- एक वटा टिमले भाग लिने भएका छन्।

देशमा गएको विनाशकारी भूकम्पले युरोपबासी नेपालीहरु पनि मन क्षत विक्षत भई रहेको बेला फुटबल प्रतियोगीता आयोजना हुँदा केहि समय भए पनि मनोरन्जन मिल्ने अनुमान गरिएको छ। गैर आबासीय नेपाली संघका अभियन्ताहरुले खेल हेर्दै खेलाडीहरुलाई हौसाला दिने भएका छन्।

प्रतियोगिताको बिजेता टिमले दुई हजार एक सय स्विस फ्रान्क ( करिब २ लाख ३० हजार रुपैयाँ) पाउने भएको छ। यस्तै उप बिजेताले एक हजार तिन सय स्विस फ्रान्क ( करिब १ लाख चालिस हजार रुपैयाँ ) र तेस्रो हुने टिमले सात सय स्विस फ्रान्क ( करिब ७५ हजार रुपैयाँ ) पाप्त गर्ने आयोजकले जनाएको छ।टिम दर्ता शुल्क ७ सय युरो राखेको आयोजकले दुई दिन सम्मका खेलाडीहरुको लागि बस्ने र खाने ब्यबस्थाको प्रबन्ध मिलाएको छ।

एनआरएनए स्पेनको टोली स्विजरल्याण्डमा

प्रतियोगितामा सहभागिता जनाउन एनआरएनए स्पेनको टोलि पुजन तिमिल्सिनाको कप्तानीमा मैदानमा उत्रने भएको छ। प्रतियोगितामा भाग लिन  खेलाडीहरुको  टोली शुक्रबार नै स्विजरल्याण्ड पुगिसकेको छ।

11665373_1015397338479677_6954060060699955839_n

स्पेनको टिममा गोकर्ण डुम्रे, दिपेश गुरुङ,एलन गुरुङ,सबिन गुरुङ,सन्तोष गुरुङ,सुदिप गिरी,सागार क्षेत्री,जीवन कार्की र मिसाल गुरुङ रहेका छन्। टिम कोचको रुपमा संघका निबर्तमान सदस्य बल बहादुर कार्कीले सम्हाल्ने भएका छन्।

खेलाडीहरुलाई शुभकामना दिदै शुक्रबार नै बिदाई गरिएको थियो। स्पेनले लिगचरणमा एनआरएनए नर्बे,आयोजक स्विजरल्याण्ड र चहलपहल बेल्जियमको टिम सँग प्रतिस्पर्धा गर्दै छ।