एनआरएन स्पेन, निर्वाचन समितिको नियमावली प्रकाशित


गैर आवासीय नेपाली संघ, स्पेन
निर्वाचन समिति
नियमावली – २०१५

१. गैर आवाशीय नेपाली संघ स्पेन निर्बाचन समिति २०१५ निर्वाचन समिति सदस्य मनोनयन सम्बन्धमा ।

गैर आवासीय नेपाली संघ, स्पेनको कार्यसमितिले संघका वर्तमान उपाध्यक्ष श्री अर्जुन आचार्यको संयोजकत्वमा संघका युवा संयोजक लक्ष्मण शर्मा र सदस्य प्रकाश भट्टराई सदस्य रहने गरी चयन गरेको गैर आवाशीय नेपाली संघ,स्पेनको निर्बाचन समिति २०१५ को समिति बिस्तार गर्दै कार्यसमितिको सिफारिशमा कार्यसमितिका सदस्य श्री राजु थापा लाई मनोनित गर्यो , साथै अर्का सदस्यमा निर्बाचन समितिका संयोजकको सिफारिसमा श्री सुवास बहादुर विष्ट लाई मनोनित गर्यो। साथै गैर आवासीय नेपाली संघ, स्पेनको कार्यसमितिको सिफारिसमा कार्यसमिति सदस्य तथा महिला फोरम सदस्य श्री नारायणी तिमिल्सिनालाई निर्वाचनमा समिति सदस्यमा मनोनित गरियो।

क. निर्वाचन समिति निम्न प्रकारको हुनेछ।
संयोजक – श्री अर्जुन आचार्य
सदस्य – श्री लक्ष्मण शर्मा
सदस्य – श्री प्रकाश भट्टराई
सदस्य – श्री राजु थापा
सदस्य – श्री सुबाश बहादुर बिस्ट
सदस्य – श्री नारायणी तिमिल्सिना

निर्वाचन समितिको १ जन सदस्य पछी मनोनित गर्नेछ ।

२. गैर आवाशीय नेपाली संघ स्पेनको सदस्यता वितरण सम्बन्धमा ।

गैर आवाशीय नेपाली संघ स्पेनको आसन्न अधिबेशनमा भाग लिनको लागि कम्तिमा पनि निम्न बुंदाहरुको पालना गर्दै सदस्यता वितरण गर्न र ग्रहण गर्न आग्रह गरिन्छ ।
क. पंजीकृत सदस्यको उमेर १८ बर्ष पुगेको हुनु पर्ने छ।
ख. सदस्यता वितरणको अन्तिम मिति १९ जुलाई २०१५ साँझ २०.०० सम्म हुनेछ । (उक्त मिति र समय भित्रमा निर्बाचन समितिमा आएका सदस्यता नामावलीलाई मात्र निर्बाचन समितिले मान्यता दिनेछ र मतदाता नामावली तयार गर्ने छ।
ग. मतदाता नामावली २० जुलाई २०१५ का दिन बिहान ११.०० बजे प्रकाशीत गरिनेछ । साथै उक्त मतदाता नामावली माथि दाबी वा बिरोध गर्नका लागि मतदाता नामावली प्रकाशीत गरेपछिको २४ घण्टाको समयावधि निर्धारण गरिएको छ।
घ. मतदाताको अन्तिम नामावली २१ जुलाई २०१५ का दिन प्रकाशित गरिनेछ ।
ङ. उमेद्वारको हकमा पंजीकृत सदस्यतामाथि ( निर्धारित मतदाता नामावली माथि ) हुने दाबी बिरोध निजको उमेद्वारी माथि हुने दाबी बिरोधको समयाबधिमा नै लागु हुनेछ ।

३. उम्मेदवारी दर्ता सम्बन्धमा ।

गैर आवाशीय नेपाली संघ, स्पेनको २६ जुलाई २०१५ का दिन हुने अधिबेशनमा नयाँ कार्यासमितमा उमेदवारी दिन चाहने उमेद्वार हरुको दर्ता प्रक्रिया निम्नानुसार हुने छ।
क. रास्ट्रीय समन्वय परिसदको अध्यक्ष पदमा अध्यक्ष उम्मेदवार बन्न गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद स्पेनको वा अन्तरास्ट्रिय समन्वय परिसदको कार्यकारी सदस्य वा पदाधिकारी भइ कम्तिमा एक कार्यकाल कम गरेको हुन पर्ने छ।
ख. कुनैपनि पदमा उमेद्वारीको लागि घटीमा एक/एक जना बैधानिक सदस्य प्राप्त प्रस्तावक र समर्थक हुनु पर्नेछ । निज प्रस्तावक र समर्थकहरु अन्य उमेद्वारका लागि सोहि प्रयोजनमा दोहोरिन वा स्वयम् उमेद्वारी दिन अयोग्य हुनेछन।
ग. उमेद्वारी दर्ता सोमबार १३ जुलाई २०१५ का दिन दिनको १४.०० बजे देखि साँझ २१.०० बजे सम्म हुनेछ।
घ. उमेद्वारी नामावली १४ जुलाई २०१५ दिन बिहान १०:०० बजे प्रकाशित गरिनेछ र उक्त उमेद्वारी नामावली माथि हुने दाबी बिरोधको समय १४ जुलाई २०१५ का दिन बिहान ११:०० बजे देखि दिनको १७:०० बजे सम्म निर्धारण गरिएको छ।
ङ. उमेद्वारी नामावली दाबी बिरोधको समयाबधि सकिएपछि आवस्यक कामकारबाही पूर्ण गरि पुन १४ जुलाई २०१५ का दिन बेलुकी १९:०० बजे उमेद्वारी नामावली प्रकाशित गरिनेछ ।
च. उमेद्वारी फिर्ता लिन चाहने उमेद्वार ले १५ जुलाई २०१५ का दिन १७:०० भित्रमा मात्र आफ्नो नाम फिर्ता लिन पाउने छ ।
छ. १५ जुलाई २०१५ का दिन साँझ १९:०० बजे निर्बाचन समितिले उमेद्वारको अन्तिम नामावली प्रकासित गर्नेछ ।

४. उम्मेदवारी दर्ता शुल्क र उम्मेदवारी फिर्ताको शुल्क कटौती बारेमा ।

४.१. अन्तराष्ट्रीय समन्वय परिषद तथा रास्ट्रिय समन्वय परिषदका निम्न, पदहरुमा निम्नानुसार उमेद्वारी शुल्क तोकिएको छ ।
क. अन्तराष्ट्रीय समन्वय परिषद सदस्य
अ. सदस्य :- १००० युरो (५०० युरो रास्ट्रिय समन्वय परिषदको लागि र ५०० युरो अन्तराष्ट्रीय समन्वय परिषदमा पठाउने गरि)
ख. रास्ट्रिय समन्वय परिषद
अ. अध्यक्ष :- ५०० युरो
आ. उपाध्यक्ष :- ३५० युरो
इ. महासचिब :- ३०० युरो
ई. सचिब :- २०० युरो
उ. कोषाध्यक्ष :- २०० युरो
ऊ. सदस्य :- १०० युरो
ए. कार्यसमिति बाट नियुक्त हुने प्रवक्ताले थप १०० यूरो सुल्क बुझाउन पर्ने छ।
४.२ उम्मेदवारी दर्ता शुल्क अनिवार्य रुपमा निर्वाचन समितिले उपलब्ध गराएको गैर आवासीय नेपाली संघ, स्पेनको बैक खातामा जम्मा गर्न पर्ने र जम्मा गरेको भौचर सहित उम्मेदवारी आवेदन पेस गर्नु पर्ने छ । अन्य विकल्प अपनाउनु परेमा निर्वाचन समितिले सूचना प्रकासित गर्ने छ ।
४.३. निर्धारित समय सिमा भित्र उमेद्वार स्वयम् उपस्थीत् भएर उमद्वारी फिर्ताका लागि निबेदन दिई स्वीकृत भएमा अथवा अन्य कुनै कारणले उमेद्वारी अस्वीकृत भएमा उमेद्वारी शुल्क को २५% कटौती गरि बाँकि रकम फिर्ता गरिनेछ ।

५. निर्बाचन समितिको आधिकारिक सूचना प्राप्त गर्ने श्रोत सम्बन्धमा ।

निर्बाचन समितिको आधिकारिक सूचना गैर आवाशीय संघ स्पेनको वेब साइडमा उपलब्ध हुनेछ।
www.nrnspain.com

६. उमेद्वारको प्रस्ताबक र समर्थक सम्बन्धमा ।

उम्मेदवारको प्रस्तावक र समर्थकको हकमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी दर्ता समयमा स्वयमहरु उपस्थित हुन नसकेमा निजहरुको गैर आवाशीय नेपाली संघ स्पेनको बैधानिक सदस्य स्पष्ट दर्शिने कागजात प्रस्तुत हुनु पर्ने र उम्मेदवारी दर्ता प्रकृया समाप्त भई तोकिएको समय भित्र प्रस्तावक वा समर्थक स्वयम उपस्थित भै आफ्नो कुनै संलग्नताको अस्विकारोक्तिको लिखित निबेदन परेमा सम्बन्धित उम्मेदवारको दर्ता स्वत खारेजी तर्फ कार्यवाही भै कुनै हक दाबी नै गर्न नमिल्ने गरी निज उम्मेदवारको फाईल बन्दी गरिने छ ।

७.उमेद्वार दर्ता फारम सम्बन्धमा ।

उमेद्वारले निम्न ढाचाको दरखास्त फारममा आवश्यक विवरण भरि निर्बाचन समिती लाई निर्धारित समयमा बुझाउनु पर्नेछ ।

                                              गैर आवासीय नेपाली संघ स्पेन
                                               निर्बाचन समिति २०१५

श्रीमान संयोजक ज्यु मिति ________________
गैर आवाशीय नेपाली संघ स्पेन,
निर्बाचन समिति २०१५
बार्सिलोना, स्पेन

बिषय: उम्मेदवारी दर्ता सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा म निबेदक ______________________________गैर आवाशीय नेपाली संघ स्पेन को सदस्यता नम्बर _______________ले गैर आवाशीय नेपाली संघ स्पेनको आसन्न चौथो अधिबेशनमा ______________________________ पदमा उम्मेदवारी दिन इच्छुक भएको हुँदा निम्न लिखित सदस्य महानुभावहरु प्रस्तावक र समर्थक रहेको आवश्यक बिवरण सहित सही छाप राखी यो निबेदन पेश गरेको छु । उल्लेखित बिवरण झुठो ठहरेमा नियमानुसारको सजाय बेहोर्न तयार छु ।
प्रस्तावकको नाम थर : श्री ______________________________
सदश्यता नम्बर: ______________________________
सही: ______________________________

समर्थकको नाम थर : श्री ______________________________
सदश्यता नम्बर: ______________________________
सही: ______________________________

भवदिय
नाम थर : ______________________________

__________________

उमेदवारको हस्ताक्षर

निर्वाचन समितिको प्रयोजनका लागि मात्र
दर्ता नं :_________________________________________________
दर्ता गरिएको समय ______________________________________
उमेदवारको पुरा नाम थर____________________________________
उमेदवारको सदस्यता नं ___________________________________
उमेदवारी दावी गरिएको पद _________________________________
________________
संयोजक
निर्वाचन समिति -२०१५
गैर आवासीय नेपली संघ, स्पेन

८. निर्बाचन समितिको कार्यालय सम्बन्धमा ।

निर्बाचन समितिले आफ्नो काम कारबाही सम्पन्न गर्नका लागि निर्बाचन कार्यालय प्रयोजनका लागि Hola Nepal Restaurant ( CALLE LEPANTO 323, 08025 BAJOS) लाई निर्धारण गरेको छ।

९. मतदाता परिचयपत्र सम्बन्धमा ।

मतदाताले निर्बाचन प्रक्रियामा भाग लिनको लागि आफ्नो स्पस्ट परिचय खुल्ने फोटो सहितको परिचय पत्र पेश गर्नु पर्नेछ । नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली राहदानीको प्रमाणपत्र, Spanish Residency Card , तथा नेपाल अथवा स्पेनको सवारी चालन अनुमति पत्र र गैर आवाशीय नेपाली संघ स्पेन को परिचय पत्र लाई मात्र मतदाता परिचय पत्र मान्यता प्रदान गर्ने छ।

१०. आबश्यक निर्णयाधिकार सम्बन्धमा ।

निर्बाचन प्रक्रिया,पद्दति, वा अन्य कुनैपनि किसिमका अफ्ठेरो अवस्था आइपरेमा वा निर्बाचन सम्बन्धि कुनै पनि बाधा अड्चन आइपरेमा निर्बाचन समितिको बैठक बसेर आबस्यक निर्णय लिन सकिने निर्णय गर्यो।

नोट- केहि आबस्यक,र उपलब्ध प्राबधान,बिधान, नियमावली तथा अन्य श्रोत सामग्री लाई पनि सूचना संगै सम्प्रेषण गर्ने छ ।सम्पूर्ण स्पेनबासि नेपाली दाजु भाई तथा दिदि बहिनिहरु, लाई गैर आवाशीय नेपाली संघ स्पेनको आसन्न चौथो महाधिबेशनमा सहभागी भएर अधिबेशन सभ्य र भब्य रुपमा सम्पन्न गर्नका लागि निर्बाचन समिति हार्दिक अनुरोध गर्दछ।

अर्जुन आचार्य
संयोजक
गैर आवाशीय नेपाली संघ स्पेन , निर्बाचन समिति २०१५

निर्बाचन नियमावली २०१५ यहाँ क्लिक गर्नुहोस्।