दुर्भाग्य र दुर्घटनामा के अन्तर छ ?


मोहनराज बराल 'मुन'

– मोहनराज बराल “मून”

संविधान शब्दको सर्वप्रथम प्रयोग बेलायतमा भयो । तर त्यहाँ अलिखित संविधान छ। यो संविधान क्रमिक विकासबाट निर्माण भएको मानिन्छ । अलिखित संविधान भएको मुलुकको प्रशासनिक कार्य संचालन प्रथा, परम्परा, न्यायलयको निर्णय, संसदको निर्णय, अधिकारपत्र, घोषणापत्र धार्मिक ग्रन्थ अनुसार चल्ने गर्दछ ।

विश्‍वमा अधिकांश मुलुकमा निर्मित संविधान पाईन्छ भने बेलायतको संविधान विकसित संविधान हो । पिटर द सल्टर – म्याग्नाकाटी, पेटेल्स अफ राइट र बिल अफ राइट्स(Bill of rights) बेलायती संविधानका बाइबल हुन् । फेरि भारत र अमेरिकामा संविधान सभाबाट संविधान बनेको हो नेपाल पनि अहिले संविधान बनाउन संविधान सभाकै प्रकियामा छ।

नेपालको प्रथम लिखित संविधानको इतिहास कोट्याउदा वि.स.२००४ माघ १३ गते पद्म शम्सेर द्वारा “म राष्ट्रको नोकर हूँ” अब उप्रान्त नेपालको शासन व्यवस्था नेपाली जनताले चाहे अनुसार हुनेछ भनी घोषणा गरे अनि संविधान निर्माणका लागि भारतिय संविधानविद श्री प्रकाश शर्माको नेतृत्वमा डा.रामउग्र सिंह र रधुनाथ सिंहको सहयोगमा वि.स.२००५ वैशाख १ देखि लागू हुने भनी घोषणा भएकोमा यो संविधान लागू नै भएन।

राणा शासनको अन्त्य पछि संविधान सभाबाट संविधान बनाउने घोषणा भयो।अनि अन्तरिम संविधान २००७ जारी पनि भयो तर देश संक्रमणकाल तर्फ लम्बियो।फेरि नेपाल अधिराज्यको संविधान २०१५ राजाद्वारा जनतालाई दिएको पहिलो संविधान थियो। जस्को मस्यौदा समितिका अध्यक्ष भगवती प्रसाद सिंह रहेका थिए भने मुख्य सहयोगी अमेरिकी संविधानविद सर् आईभर जेनिडास थिए।

त्यस्तै पंचायतकाल खण्डको शुरूवाट नेपालको संविधान २०१९ बाट भयो। यसरी पंचायतकालको पतनसगै २०४७ को संविधान हुदै अहिले हामी अन्तरिम संविधान २०६३ अन्तर्गत रहेर संविधान सभा निर्वाचनबाट संविधान बनाउने प्रकियामा छौ।वि.स २००५ देखि २०६२/६३ सम्मको अबधिमा बनेका कुनै पनि लिखित संविधानले हामीलाई राष्‍ट्रिय एकता समृद्ध बनाउन सकेन नत जन अधिकारको सुनिश्‍चितता गरायो।

फेरि शक्ति पृथ्वीकरण एवम् शक्ति सन्तुलनको व्यवस्था पनि पास हुन सकेन फेरि राष्‍ट्रको राजनैतिक आर्थिक र भौगोलिक स्वरुप निर्धारण गर्न पनि फेल भयो नत समाजका हरेक पक्षलाई राज्यको मुल प्रवाहमा समावेश नै गरायो यस कारण पनि हामी संविधान निर्माणको प्रकियामा छौ। तर हामीले बितेको ७ बर्ष देखि संबिधान बनाउन सकेको छैनौ मुख्य् कारण दलहरु बिचको खिचातानी नै हो।

जब देशमा महा-भुकम्प गयो गत बैशाख १२ गते र त्यसपछि देश तहसनहस नै भयो।तब मात्र हाम्रा मुख्य ४ दलका सहमति गर्ने आँखा खुले। १६ बुँदे मार्फत संबिधान बनाउने सहमति पनि गरे तर यसरी गरेको सहमतीको मसि सुक्न नपाउदै यस बिरुद्द सर्बोच्च अदालत आदेश जारी गरेको छ । यसले मुख्य ४ दललाई भूकम्पको पराकम्पन भन्दा ठुलो झडका दिएको छ ।

चाँडो संविधान बनोस् भन्ने चाहना राख्ने जनताहरूहरुलाई भने निराशा तुल्याएको छ । यस बखत ४ दल आफ्नो निणर्य उपर एक छन् । फेरि हाम्रा राजनैतिक दलहरू कस्ता भए भने सर्वोच्च अदालतले गरेको निणर्यहरूलाई दिर्घकालिन रुपमा पछि देशलाई के फाईदा होला नसोचिकन तत्कालमा आ- आफ्नो पाटीलाई फाईदा हुन्छ कि नाई ? सोचाई यहि नै छ । दलहरूमा भएको संकिर्णवादी सोचकै हिसाबबाट स्वागत र बिरोध गर्ने गरिन्छ।

बिगत देखि नै हामी ताक परे तिवारी नत्र गोतामे हुदै आएका छौ।फेरि हाम्रा दलहरू विगतमा संविधानमा हुँदै नभएको, बाधा अड्काऊ फुकाएर न्यायधीशलाई सरकार प्रमुख बनाएका थिए। यसबारेमा परेको मुद्दामा अदालतले खिलराज रेग्मी सत्तामा रहुञ्जेल कुनै निर्णय सुनाउन सकेको थिएन । त्यसबेला अदालतले गरेको ढिलाइ र अहिले निर्णय सुनाउन गरिएको हतारो, लाग्छ यि दुबै विधिशास्त्रका विद्यार्थीहरुका लागि रोचक अनुसन्धानका सामाग्री हुन् ।

अहिले कतिपयले हाम्रो न्यायालयलाई पाकिस्तानी मोडलमा तुलना गरेका छन। कुनै बेला बेलायतका दुई प्रधानमन्त्री बेन्जामिन डिजरायली र ग्लेडस्टनबीच व्यंग्यवाण चलिरहन्थ्यो। टोरी पार्टीका नेता डिजरायली दुई पटक (२७ फेवअरी देखि १ डिसेम्वर १८६८ र २० फेवअरी १८७४ देखि २१ अप्रिल १८८०सम्म) त्यस्तै लेबर पार्टीका ग्लेडस्टोन चार पटक(१८६८-७४,१८८०-८५, फेवअरी देखि जुलाई १८८६ र १८९२-९४ सम्म) जो पालैपालो प्रधानमन्त्री हुन्थे।

एक पटक यिनिहरुको संवाद सुन्न तत्कालीन महारानी भिक्टोरिया पनि संसद आइरहन्थिन् । एकदिन कुनै पत्रकारले डिजरायलीलाई सोधेछ- ‘दुर्भाग्य र दुर्घटनामा के अन्तर छ ?’ उनले बडो गम्भीर भएर जवाफ दिए- ‘यदि प्रधानमन्त्री ग्लेडस्टोन केही कारण टेम्स नदीमा खस्नुभयो भने त्यो दुर्घटना हुनेछ । यदि त्यही समय कुनै व्यक्तिले ज्यानको बाजी लगाएर उहाँलाई डुब्नबाट बचाउँछ भने त्यो एक दुर्भाग्य हुनेछ ।

लाग्छ हाम्रा दलहरू पनि बिगतमा सर्वोचका निर्णय उपर माथी उल्लेख गरिएको बेलायतका प्रधानमन्त्री झै थिए। हाल माथीको प्रसंगमा ४ दल,अदालत,बाँकी दलहरू र संवाद सुन्ने हामी जनताहरू छौ। लाग्छ हामी एक नभईकन दुर्भाग्य र दुर्घटना निम्त्याउनै तल्लिन छौ। एउटा बृटिश भनाइ छ के छ भने ” संसदलाई महिला लाई पुरुष र पुरुषलाई महिला बनाउने बाहेक सम्पुर्ण अधिकार छ।”

तर यहाँ कतै मिल्न खोजेका दलहरूलाई असफल बनाएर फेरि खिलराज रेग्मीहरू बन्ने मनोकाक्षा बढेको तँ हैन ?

तपाईको प्रतिक्रिया