पोखरामा बाह्रौ असारे महोत्सवको तयारी


– मोहनराज बराल
पोखरा/ पोखरा पर्यटन परिषदको आयोजना तथा स्थानिय बिरौटा क्लबको सहकार्यमा यस बर्ष पनि असारे रोपाई महोत्सवले निरन्तरता पाउने भएको छ।
असार १५ गते “पोखरा सवै मौसमका लागि” भन्ने नाराका साथ “बाह्रौ असारे महोत्सव २०७२” को आयोजना हुन लागेको हो।

वुधवार गरिएको पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष सोम थापाले पर्यटन तथा कृषीको विकासका लागि महोत्सवलाई निरन्तरता दिएको वताउनुभयो । “भुकम्प पछिको विषम परिस्थितीमा पर्यटकको पोखरा आगमनलाई माथी उठाउन महोत्सवले भुमिका खेल्ने छ” अध्यक्ष थापाले भन्नुभयो।

पोखरा १७ विरौटास्थित रमेश्वरमार्गमा रहेको खेतमा आयोजना हुने महोत्सबमा पर्यटकहरु लगायत स्थानिय युवा क्लव , आमा समुहहरुको पनि सहभागिता रहने छ ।
महोत्सवको मुख्य आर्कषणमा असारे गित प्रतियोगिता, पर्यटकहरुको हिले दौड प्रतियोगिता, रस्सा कस्सी प्रतियोगिता, पत्रकार दौड प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, आमा समुह विच असारे गित प्रतियोगिता लगाएत विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहने छन ।

करिव ९ लाख ७५ हजार खर्च लाग्ने सो महोत्सवको मुख्य प्रर्वद्धकमा नेपाल पर्यटन वोर्ड रहेको छ भने प्रर्वद्धकमा पोखरा उपमहानगर पालिका र पोखरा उद्योग वाणिज्य संघ रहेका छन ।