फुटबलका लागि “सपनाको देश स्पेनका” भाग्यमानी नेपालीहरु


– वसन्त रानाभाट/स्पेन

विनाशकारी भूकम्पले थकित बनेका मनहरु धेरै समय पछि फुटबलको माहोलले छयाङ्ग बनायो । शनिबारको दिन तँ जता पनि फुटबलकै चर्चा थियो । नेपालमा कलाकार र नेताहरु बिचको खेलले चर्चा पायो। धेरै दिन देखि रोएका मनहरुलाई हँसायो ।

प्रधानमन्त्री शुशिल कोईरालाको फुर्तिलो खेलले सबैलाई चकित बनायो । बुढेसकालमा पनि कति फुर्तिला ? शारीरिक रुपमा त्यति धेरै सक्रिय भएँर खेलेको देख्दा सबै अचम्मित बने।

सामाजिक संजालमा प्रधानमन्त्री कै तस्बिरहरु रंगिएँ । कोईरालाको खेलको बिषयमा आएका टिप्पणीलाई लिएर कतिपयले देशका प्रधानमन्त्रीलाई हाँसो मजागमा उढाए भन्दै आलोचना पनि गरे ।

३५ डिग्री सेल्सियसको तापक्रम रहेको मौसममा २५ मिनेट सम्म मैदानमा रहेर बलको पछि पछि दौडेका प्रधानमन्त्रीको मनोबल देखेर सबै चकित परे। बुझाई सबैको फरक फरक होला।तर प्रधानमन्त्री कोईरालाको फुटबलमा औधी रुची रहेछ भन्ने अनुमान लगाउँदा असहज नहोला।

नेपालमा भएको फुटबलको रौनकले स्पेनमा पारो चढीसकेको थियो । पारो यो अर्थमा पनि च्याम्पियन्स लिगको फाईनल पनि त्यहीँ दिन साँझ नै थियो । बार्सिलोना फुटबल क्लब र ईटालीयन युभेन्टस बीच हुने खेलले चर्चा परिचर्चा शुरु भईसकेको थियो। आ-आफ्ना अनुमान र अड़कलबाजीले त्यहाँ पनि फेसबुक नै रंगिएँ।

कोपा डे रे फाईनलको सम्झना

स्पेनमा फुटबललाई यति सम्म नि महत्व दिईने रहेछ सम्झना ८ दिन अगाडि सम्पन्न कोपा डेल रेको फाईनलवाट महशुस गरायो। एथ्लेटिको बिल्बाओ र बार्सिलोना फुटबल क्लब बिचको फाईनल खेल नाउ क्याम्पमा हुँदै थियो।

३१ वर्ष सम्म कुनै ट्रफी नजितेको बिल्बाओका समर्थकहरु यति धेरै बार्सिलोना भित्रिएँ कि सबैलाई चकित पारिदिएँ । करिब ७० हजार समर्थकहरु बिल्बाओको जर्सी र झण्डा बेरेर बार्सिलोना भित्रिएँ । उनीहरुलाई देख्दा लाग्दथ्यो, ओहो ! कस्तो सपना ? फुटबलको कस्तो क्रेज !

10488041_373022136217683_2689555529750710254_n-2

राति ९ बजे खेल शुरु तर उनीहरु बिहानै देखि गल्ली गल्ली कब्जा गरेर बसे जस्तै देखिन्थे। बार्साको जर्सी लगाएँर हिडेको देखे एउटै स्वरमा लय मिलाएँर भन्थे, “यो भिस्तो उनो दे बार्सा” ( बार्साको एउटा मात्र देखे ) । आशय हामी यति धेरै तिमी तँ एक्लै । देख्न पनि त्यस्तै देखिन्थ्यो। फुटबलमा एक अर्कामा आधार र सम्मान गर्नेहरु एक अर्का सँग गला मिलाउँदै शुभकामना दिएँर छुट्टिन्थें।

बिल्बाओका समर्थकहरु मेट्रो जाउँमे प्रिमेरो देखि लिएँर काईया फेरान हुँदै राम्लासम्म पुग्दा हजारौ थिएँ। हेर्दा सडकमै खाँऊ सडकै रमाऊँ भने जस्तो देखिन्थ्यो। दिनभर पिएँ, रमाएँ, उफ्रीएँ साँझ खेल हेर्न क्याप नाउ पुगे ।

तर बार्सिलोना सँगको पराजय पछि ३१ बर्ष पछिको ट्रफी भित्राउने सपना यस बर्ष पनि उनीहरुले पुरा हुन सकेनन्। खेलमा हार जित त स्वभाबिक हो तर उनीहरुको उत्साह,उमङ्ग देखेर जो कोहिँ पनि चकित पर्छन् जस्तो भान हुन्छ। यहाँ खेलमा पराजित मानसिकता देखिदैन ।

खेल जिते पनि हारे पनि, फेरि अर्को हप्ता छुट्टै उत्साह । हार्ने होस् वा जित्ने, खेल्ने होस् वा हेर्ने सबैलाई त्यस्तै उत्साह र जोश ।

फुटबलरहरुको सपनाको देश स्पेन

फुटबल खेल्ने, हेर्ने र चासो राख्ने सबैको लागि स्पेन सपनाको देश हो भन्दा फरक नपर्ला । राम्रो फुटबल खेल्न शुरु गरे लगत्तै एउटा बालकले स्पेनका महारथी क्लबहरु रियल मड्रिड, बार्सिलनामा आँखाँ लगाउँछन्।

स्पेनबाट फुटबल खेल्ने सपना देखेका हुन्छ्न्। फुटबल किङ्गको रुपमा चिनिएका लिअोनल मेस्सीले पनि स्पेनको भुमिबाट नै आँफुलाई स्थापित गरे। उनको सपना बार्सिलोना क्लबले साकार गरिदियो ।

JuNEG

म्यान्चेटर युनाईटेटबाट आफ्नो करियर सुनिश्चित गरी सकेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो सपना स्पेन भन्दै रियल मड्रिड भित्रीएँ । चर्चित फुटबलहरु स्पेनको क्लबबाट नखेलेको सायदै कम छ ।

सन् २००९ देखि अहिले सम्म फिफा वर्ष खेलाडी बालोन डी’ओरको उपाधि स्पेनका क्लबहरुमा नै भित्रिएको छ। अझ पछिल्लो समयमा स्पेनको क्लबहरु निकै हावी भईरहेका छन् भन्ने यहाँबाट पनि पुष्टि हुन्छ।

स्पेन भित्र उपाधिका चाङ्ग

गएको एक दशकलाई मुल्याङ्कन गर्दा स्पेनले फुटबलमा ठुलो फड्को मारेको छ । सन् २००८ र २०१२ मा लगातार यहाँको राष्ट्रिय टिमले युरो कप को उपाधि जित्यो । सन् २०१६ युरो कपका लागि ह्याट्रिकको दाउँमा स्पेन देखिन्छ।

त्यो बिचमा सन् २०१० मा बिश्व कप फुटबलको उपाधि पहिलो पटक भित्रायो । बितेका ति ४ बर्षमा फुटबलका लागि सबै भन्दा ठुला मानिने तिन उपाधिहरु जितेर इतिहास रच्यो । तर सन् २०१४ को बिश्व कपमा भने समुह चरणबाट बाहिरीए पछि केही आलोचना भने खेप्नु पर्यो ।

11084219_10153549293074305_1373716546957607905_o

यो बाहेक स्पेनको फुटबलसँग प्रतिष्ठा गाँसिएका यहाँका क्लबहरुले युरोपियन ट्र्फीमा एक लौटी राज गरिरहेका छन् ।  बिगत एक दशकमा युरोपियन च्याम्पियन्स लिगका ५ उपाधि स्पेन भित्रिएँ। जसमा बार्सिलोनाले मात्र ४ बटा ट्रफी जित्यो।

गत बर्ष रियल मड्रिडले च्याम्पियन्स लिग जित्दै सर्बाधिक १० ट्रफिको इतिहास रच्यो।
गत बर्ष र यो बर्ष गरि युरोपका ठुला दुई उपाधि कतै जान पाएँनन्। युरोपा लिगमा स्पेनिस क्लब सिभियाले लगातार दुई बर्ष सम्म कब्जा जमाईरहेको छ।

अझ आगामी च्याम्पियन्स लिग २०१५- २०१६ मा तँ स्पेनका ५ वटा क्लबहरु सहभागिता जनाउँन पाउनुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ।

भाग्य मानि स्पेनबासि नेपाली

फुटबल प्रेमी दर्शकहरुलाई ठुलो सपना हुन्छ आँफुलाई मन परेको क्लबका खेलाडीहरु नजिकबाट देख्न मात्र पाएँ। बार्सिलोना फुटबल क्लबले ट्रेबलको कीर्तिमान राखे पछि त्यो अबसर स्पेनबासि नेपालीहरुलाई मिलेको छ।

11402772_10204538735617547_5902408236502864054_n

फुटबलका अहिलेका तीन सुपरस्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेजलाई नजिकबाट हेरे नै, उनीहरुको ऎतिहासिक जितको खुशीयालीमा पनि साथ दिएँ। अन्य बेलामा खाली स्टेडियम हेर्न २३ युरो खर्च गर्नु पर्नेमा आईतबार बार्सिलोनाले आफ्ना समर्थनहरुलाई निशुल्क प्रबेश गरायो। तिन बटा नै ट्रफी जिते पछि खुशीयाली साट्नको लागि एक भब्य कार्यक्रमको आयोजना गर्यो ।

कतिपय नेपालीहरु नेपालको राष्ट्रिय झन्डा बोकेर स्टेडियम छिरेका थिएँ । चन्द्र र सुर्य झण्डा फहराउँदै बार्साको जितमा खुशियाली मनाएँ। यसअघि आईतबार दिउँसो नै च्याम्पियन्स लेखेको बसमा खेलाडीहरु ट्रफ्री सहित नगर परिक्रमा गरे। बिजय जुलुसमा नेपालीहरु सहित हजारौ समर्थकले सहभागीता जनाएका थिएँ।

ऎतिहासिक समारोहमा सहभागिता जनाउँने मौका पाएँका स्पेनमा नेपालीहरुले आँफुहरुलाई निकै भाग्यमानि ठान्दछन्।1466096_481781458652984_1473904258975050340_n

गत बर्ष रियल मड्रिड फुटबल क्लबले ला डेसीमाको भब्य समारोह आयोजना गर्दा पनि नेपाली समर्थकहरुले सहभागिता जनाएँका थिएँ।

त्यसो तँ हरेक बर्ष लिगा,कोपाको खुशीयालीमा आफ्ना समर्थनका क्लबहरुलाई साथ दिदै नेपालीहरु रमाएँका हुन्छन्।