एनआरएनको ६ महिना कार्यकाल थप गर्ने निर्णय भएको छैन – उपाध्यक्ष केसी


बार्सिलोना। गैर आवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष मन केसीले एनआरएनए कार्यकाल अवधि  ६ महिना थप्नेबारे कुनै निर्णय नभएको बताएका छन्। कुल आचार्य पक्ष निकट ठानिने संघका उपाध्यक्ष केसीले  कार्यकाल अवधि  थप्नेबारे शनिबार बसेको आईसीसी बैठकले कुनै निर्णय नगरेको बताएका हुन्।

 ‘६ महिना अवधि थप्ने कुरामा म आँफै पनि सहमत छैन।अध्यक्षले अन्त्यमा ल गरौं भनेर प्रस्ताव लानुभयो।तर निर्णय भएको होईन।’ उपाध्यक्ष केसीले नेपालीनेपाली डटकमलाई भने। 

आगामी  ३० नोभेम्बरभित्र निर्वाचन गर्न पूर्ण बहुमतले निर्णय भएको दावी गर्दै उनले भने, ‘संरक्षक परिषद,अध्यक्ष र चुनावमा नजाने पदाधिकारीसहितको एक समिति बनाएर निकास निकाल्नेबारे सर्वसम्महत निर्णय भएको छ।’

आँफूले यसअघि पदाधिकारीको बैठकमा पनि ६ महिना अवधि थप नगर्ने लाइनमा विचार राखेको उपाध्यक्ष केसीले बताए। ‘६ महिना म्याद नथप्दा राम्रो त्यसलाई प्रमोट गर्दा झनै डेन्जर हुन्छ।समय छ नि भन्ने हुन्छ र अन्त्यमा निकास निस्कदैन।’ उनले भने। 

 यदी नोभेम्बर ३० भित्र पनि चुनाव भएन भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘त्यतिबेला संरक्षक परिषद एक्टिभ हुन्छ।यो विधानले नै परिकल्पना गरेको कुरा हो। सम्पूर्ण एनसीसीहरुको भेला बोलाउनु पर्ने हुन्छ।र  संयुक्त समाधान खोज्नु पर्छ।’

उनले नेतृत्वलाई सके आँफैले गर्न र नसके अरुलाई बाटो छोड्न समेत अनुरोध गरे। ‘अहिले ईमान्दर प्रतिबद्वताको खाँचो छ।यतिमात्रै भए एक- दुई हप्तामा नै सुल्झाउन सकिने समस्याहरु छन्। तर नक्कली प्रतिबद्वताले विवाद समाधान हुँदैन।’ उपाध्यक्ष केसीले थपे। 

यो पनि पढ्नुहोस्। 

एनआरएनए कार्यकाल ६ महिना थप, नोभेम्बर ३० मा निर्वाचन

एनआरएनको चुनाव सार्नु आपत्तिजनक : कुल आचार्य

आईसीयूमा एनआरएनए !